Home Australia गल्कोट समाज अष्ट्रेलियाको दोस्रो वार्षिक साधरण सभा सम्पन्न, निरज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिती गठन।
गल्कोट समाज अष्ट्रेलियाको दोस्रो वार्षिक साधरण सभा सम्पन्न, निरज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिती गठन।

गल्कोट समाज अष्ट्रेलियाको दोस्रो वार्षिक साधरण सभा सम्पन्न, निरज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिती गठन।

20
0

गल्कोट समाज अष्ट्रेलियाको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। सिड्नीको टेम्पी स्थित केण्ड्रिक पार्कमा आयोजित एक कार्यक्रमका बिच निरज भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिती गठन गर्दै सभा सम्पन्न भएको हो।

यस अघि पनि संस्थाको अध्यक्ष रहेका भण्डारी पुन: अर्को कार्यकालका लागि अध्यक्ष चुनिएका हुन्। भण्डारीले नेतृत्व गर्ने नयाँ कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा भने कृष्ण विश्वकर्मा मनोनित भएका छन्। उनलाई केही सदस्यहरुले अध्यक्ष पदका लागि समेत प्रस्ताव गरेका थिए। संस्थाको उपाध्यक्षका रुपमा दिपक अधिकारी चुनिएका छन्।

त्यसैगरी सभाले संस्थाको महासचिवको कार्यभार लक्ष्मण कुँवरलाई सुम्पेको छ। संस्थाको अन्य पदाधिकारीहरुमा सचिव – कुल के.सी, कोषाध्यक्ष – मनोज भण्डारी, सांस्कृतिक संयोजक एन्जिला विश्वकर्मा, खेलकुद गतिविधी संयोजक जंग कुँवर तथा खेलकुद गतिविधी सह-संयोजक अर्जुन अधिकारी रहेका छन्।

संस्थाका अन्य सदस्य तथा सल्लाहकार समितीको चयन भने मनोनित कार्यसमितीको प्रथम भेलाले गर्ने नव-मनोनित महासचिव लक्ष्मण कुँवरले बताए। नेपाल रिपोर्ट्ससँग कुरा गर्दै उनले भने, “वर्तमान अवस्थामा नगरपालिका बनेको गल्कोट नगरपालिकाका सबै वडा तथा क्षेत्रबाट प्रतिनिधित्व हुने गरी पहिलो भेलाबाट हामीले कार्यसमिती विस्तार गर्ने निर्णय गरेका छौं।”

२ वर्ष अगाडि अष्ट्रेलियामा स्थापित यस संस्थाले बाग्लुंगको गल्कोट क्षेत्रमा विविध सहयोग गर्दै आएको छ। अष्ट्रेलियामा हुने विभिन्न च्यारिटी फन्ड रेजिंगमा सहयात्रा गर्दै आएको यस संस्थाले नेपालमा गएको विनासकारी भुकम्पका बेला गल्कोट समाज जापानसँग मिलेर देशभरका विभिन्न जिल्लामा राहत वितरण गरेको थियो। भुकम्पका बेला मृत्यु भएका गल्कोटका स्थानीयका परिवारलाई आर्थिक सहयोग गर्नुका साथै केही महिना अगाडि सिड्नीमा असमायिक निदन भएका कृष्ण के.सीको अन्तिम संस्कारको संयोजनका साथै परिवारलाई आर्थिक सहयोग समेत प्रदान गरेको थियो।
यस वर्षदेखि आफ्ना गतिविधीहरु विस्तार गर्दै खेलकुद तथा सांस्कृतिक कार्यक्रमका क्षेत्रमा समेत संस्थाले विविध गतिविधीहरु संचालन गर्ने योजना बनाएको महासचिव कुँवरले बताए।

(20)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *