Home Australia रेकर्ड बनाउँदै “नाइँ मलाई थाहा छैन” – ५१ लाख भन्दा धेरै पटक युट्युबमा हेरियो

रेकर्ड बनाउँदै “नाइँ मलाई थाहा छैन” – ५१ लाख भन्दा धेरै पटक युट्युबमा हेरियो

53
0

अष्ट्रेलिया बस्दै आएका गायक सन्जीब पराजुली र गायीका टिका प्रसाईंले गाएको गीत “नाईं मलाई थाहा छैन” युट्युबमा रेकर्ड कायम गर्ने नेपाली गीत हरुको सूचीमा परेको छ। यो सामाग्री तयार पार्दासम्म युट्युबमा यो गीत ५१ लाख भन्दा धेरै पटक हेरीसकिएको छ।

गायक सन्जीब पराजुली एवं गायीका टिका प्रसाईं

एकनारायण भण्डारीको शब्दमा आशिष अविरलको संगीत संयोजन रहेको यस गीतको आधिकारिक भिडियो नेपालको चर्चित नृत्य समूह ‘द कार्टुञ्ज क्रु’ले बनाएको हो। भिडियोमा चर्चित मोडल अलिशा राईको समेत नृत्य देख्न सकिन्छ।

यो गीत अहिलेको चर्चित ‘डान्सिङ्ग नम्बर’ पनि बन्दै आएको छ। देश विदेशमा हुने सबै खाले नृत्य प्रतियोगितामा अधिकांश प्रतियोगीको रोजाइमा समेत यहि गीत पर्ने गरेको छ। रमाइलो संगीत र सुमधुर स्वरको उत्कृष्ट समायोजनले यो गीत लोकप्रिय बन्दै आएको छ। यस गीतको लोकप्रियतालाई मध्यनजर गर्दै नेपाल र अष्ट्रेलियाका विभिन्न सहरमा कार्यालय रहेको ‘बाबा एजुकेसन कन्सल्टेन्सी’ले “नाई मलाई थाहा छैन – राष्ट्रिय नृत्य प्रतियोगिता” समेत घोषणा गरेको छ।

प्रतियोगिता अन्तर्गत यस गीतमा नृत्य गरेर आयोजकलाई आफ्नो भिडियो पठाउनु पर्ने थियो। यस प्रतियोगिता समेत उल्लेख्य संख्यामा देशभरबाट सहभागिता रहेको बाबा एजुकेसन कन्सल्टेन्सीका प्रवन्ध निर्देषक रविन्द्र कुमार शर्माले बताए। “प्रतियोगितामा ४० विभिन्न समुहले सहभागिता जनाएका छन् जस मध्येबाट एकले नगद रु १ लाख जित्नेछ।”, शर्माले बताए।

यस गीतलाई नेपालीले मात्रै नभएर विभिन्न देशका विदेशी नागरिकले समेत रुचाएका छन्। गीतको युट्युब भिडियोमा कमेन्ट गर्दै उनीहरुले नेपाली भाषा नबुझेपनि आफूहरुलाई गीत संगीत र नृत्य एकदमै मन परेको लेखेका छन्।

Screenshot From YouTube
Screenshot From YouTube

(53)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *