Home News International रूसले दियाे अमेरिकालाई चेतावनी

रूसले दियाे अमेरिकालाई चेतावनी

6
0

रूसले सिरियामा फेरि आक्रमण नगर्न अमेरिकालाई चेतावनी दिएको छ । रूस भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलाई उनका समकक्षी सेर्गेई लाभरोभले उक्त चेतावनी दिएका हुन् ।  ‘यस्ता कारबाही फेरि हुँदैनन् भन्ने हामी विश्वास गर्छौं,’ लाभरोभले भने । उनले ट्रम्प प्रशासनको सिरिया नीतिबारे वासिङ्टनबाट आएका अस्पष्ट सन्देश र राष्ट्रसंघका लागि अमेरिकी दूत निक्की हेलीले सिरियाली राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे पनि गुनासो गरेका थिए । राष्ट्रसंघका लागि अमेरिकी दूत हेलीले राष्ट्रपति बसर अल–असद भविष्यमा सिरियामा नरहने बताएकी थिइन् । रूसी विदेशमन्त्री लाभरोभले केही दिनअघि टिलरसनले ‘रूसले असदविरुद्ध रहेका अमेरिका तथा पश्चिमी मुलुकको पक्षमा रहने या विपक्षमा रहने भन्ने एक विकल्प रोज्नुपर्ने’ भनी दिएको अभिव्यक्तिप्रति व्यंग्य गर्दै ‘गलत छनोट दिएको’ बताएका थिए ।

चिनियाँ राष्ट्रपतिको आह्वान

यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले उत्तर कोरियाका बारेमा भइरहेको तनावको शान्तिपूर्ण समाधानका लागि आह्वान गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको टेलिफोन वार्तामा सीले कोरियाली प्रायद्वीपलाई आणविक हतियाररहित बनाउन र यस क्षेत्रमा शान्ति र स्थिरताको प्रत्याभूतिका लागि प्रतिबद्ध रहेको जनाएको चिनियाँ सञ्चार संस्था सीसीटीभीले जनाएको छ । सीले शान्तिपूर्ण माध्यमबाट समस्यालाई समाधान गर्नुपर्ने कुराको पनि वकालत गरेका थिए । ट्रम्पले गत मंगलबार ट्वीट गर्दै चीनले सहयोग नगरेमा उत्तर कोरियाको आणविक चुनौतीलाई एक्लै समाधान गर्ने बताएका थिए । सी र ट्रम्पले गत साता पनि फ्लोरिडामा भेटवार्ता गर्दै उत्तर कोरियाली मुद्दामा छलफल गरेका थिए ।सीएनएन

(6)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *