Home News International पाकिस्तानी कर्णेल लुम्बिनीबाट बेपत्ता भएपछि

पाकिस्तानी कर्णेल लुम्बिनीबाट बेपत्ता भएपछि

3
0

पाकिस्तानी सेनाका पूर्व लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबिब लुम्बिनीबाट हराएको सम्बन्धमा नेपाल प्रहरीले खोजीकार्य अगाडि बढाएको छ। पाकिस्तानी दूतावासले उनको खोजीका सम्बन्धमा नेपाल सरकारलाई शुक्रबारै जानकारी गराइसकेपछि नेपाल प्रहरी खोजीमा जुटेको हो।

स्रोतका अनुसार नेपाल प्रहरीको विशेष ब्यूरो, क्षेत्रीय प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी टोली हबिबको खोजीमा जुटेका छन्। प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी सर्वेन्द्र खनालले हबिबको खोजीका लागि औपचारिक रुपमा कतैबाट निर्देशन नआए पनि नेपाली भूमिबाट हराएको संचारमाध्यमबाट जानकारी आएपछि खोजीकार्य सुरु भएको बताए। उनले भने, ‘हामीले पनि संचारमाध्यमबाटै थाहा पाएका हौं, खोजीका लागि मातहतका कार्यालयलाई निर्देशन दिएका छौं।’

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी रविन्द्र धानुकले विभागीय जानकारी नआए पनि सञ्चारमाध्यमबाट थाहाहुन आएकाले खोजी कार्य अगाडी बढाएको बताए। नेपाल प्रहरीको विशेष ब्यूरोका एक उच्च अधिकृतले आफ्नो तर्फबाट हबिबको खोजीका लागि प्रहरी परिचालित भएको बताए। पाकिस्तानी पत्रिका डनले हबिब बुधबार नेपालका लागि उडेको जनाएको छ। पाकिस्तानी विदेश मन्त्रालयले समेत हबिबको हराएको सम्बन्धमा नेपालस्थित पाकिस्तानी दूतावासलाई जानकारी गराएको डनले उल्लेख गरेको छ।

(3)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *