Home Australia नेपाली नयाँ वर्षमा अष्ट्रेलियाका सातै स्टेटमा नेपाली कन्सर्ट; सिड्नीमा विहिबार।
नेपाली नयाँ वर्षमा अष्ट्रेलियाका सातै स्टेटमा नेपाली कन्सर्ट;  सिड्नीमा विहिबार।

नेपाली नयाँ वर्षमा अष्ट्रेलियाका सातै स्टेटमा नेपाली कन्सर्ट; सिड्नीमा विहिबार।

36
0

एडिलेड: ९ अप्रिल, आईतबार
ब्रिसबेन: ११ अप्रिल, मंगलबार
सिड्नी: १३ अप्रिल, विहिबार
क्यानबेरा: १४ अप्रिल, शुक्रबार
तास्मानिया: १६ अप्रिल, आईतवार
मेलबर्न: १७ अप्रिल, सोमबार

कार्यक्रममा प्रवेशका लागि १८ वर्ष उमेर पुगेको परिचय पत्र अनिवार्य देखाउनु पर्नेछ।

नेपाली नयाँ वर्षको उपलक्षमा अष्ट्रेलियाका सात वटै राज्यहरुमा नेपाली कन्सर्टको आयोजना हुने भएको छ। यस अघि पनि प्रत्यक वर्ष नेपाली नयाँ वर्षको अवसर पारेर सांगीतिक कार्यक्रमहरु आयोजना गर्दै आएको “हो र होइन होला इभेन्ट्स”ले आफ्नो पाँचौं वार्षिकोत्सव मनाउने क्रममा अष्ट्रेलियाका सबै राज्यमा नेपाली सांगीतिक कार्यक्रम गर्न लागेको हो।

Karma Band and Sanjay Shrestha Live in Sydney

Karma Band and Sanjay Shrestha Live in Sydney To Celebrate Nepalese New Year 2074Yes Study Presents Naya Barsha Ko Sangaalo 13th April at Space Bar …..Followed By After Party +18 Only[No ID No Entry]Ticket Price :$25

Ho Ra Hoina Hola Events 发布于 2017年3月30日

नयाँ वर्षको सँगालो नाम दिइएअको यस कार्यक्रममा कर्मा ब्याण्ड रि-युनाइटेड र संजय श्रेष्ठको विशेष सांगीतिक प्रश्तुतीहरु समावेश गरिएका छन्। नेपाली नयाँ वर्षका अवसरमा अष्ट्रेलिया बस्दै आएका नेपाली युवा युवतीलाई नेपालकै झल्को दिने उद्देस्य साथ आयोजना गरिने “नयाँ वर्षको सँगालो”मा अष्ट्रेलिया स्थित नेपाली डि.जे हरुले नेपाल बाट निम्त्याइएका लोकप्रिय कलाकारका प्रश्तुतीसँगै आगन्तुक दर्शकलाई नेपाली धुनमा नचाउने गर्छन्।

हिजो, ९ अप्रिलमा एडिलेडमा सम्पन्न कार्यक्रममा पनि दर्शकको बाक्लो उपस्थिती रहेको आयोजकले बताएका छन्। त्यस्तै यहि मंगलबार अप्रिल ११ मा ब्रिसबेनमा उक्त सांगीतिक कन्सर्टको आयोजना हुनेछ भने विहिबार १३ अप्रिलमा सिड्नीमा आयोजना हुनेछ।

त्यस पछि लगातार १४ अप्रिल शुक्रबार क्यानबेरामा र आइतबार १६ अप्रिलमा तास्मानिया हुँदै सोमबार १७ अप्रिलमा मेलबर्नमा आएर उक्त कार्यक्रम विसर्जन हुने आयोजक संस्था “हो र होइन होला इभेन्ट्स”का प्रवन्ध निर्देशक रोशन भट्टराईले जानकारी दिए।

इश्टरका अवसरमा हुने ‘लंग विकेन्ड’को समेत मौका छोप्दै विहिवार बेलुका सिड्नीमा सुरु हुने उक्त सांगीतिक कार्यक्रम शुक्रबार बिहानसम्म चल्नेछ। सिड्नीको कार्यक्रमको मुख्य प्रयोजन ‘यस स्टडी अष्ट्रेलिया’ले गरेको छ। विहिबार साँझ ८ बजे सुरु हुने कार्यक्रम सिड्नीको शार्क होटेलमा अवस्थित स्पेस बारमा सम्पन्न हुनेछ।

विशेषगरी भर्खरै नेपाल देखि अष्ट्रेलिया आएका नेपाली विद्यार्थीलाई मध्यनजर गर्दै विद्यार्थी सहुलियत दरमा समेत टिकटको व्यवस्था गरिएको निर्देशक भट्टराईले बताए। प्रवेश शुल्क अष्ट्रेलियन डलर २५ राखिएको उक्त कन्सर्टमा विद्यार्थी परिचय पत्र हुनेलै भने टिकटको मूल्य जम्मा १५ डलर पर्नेछ।

कर्मा ब्याण्ड रि-युनाइटेड र संजय श्रेष्ठको विशेष सांगीतिक प्रश्तुतीका साथै ‘र्याड्स स्टुडियो’को समेत प्रश्तुती रहने उक्त कन्सर्टमा डि.जे बि रक, डि.जे प्रविन र डि.जे सोमनले डिजेइङ्ग गर्दोई छन्। ५ वर्ष अगाडी क्रिजन श्रेष्ठले स्थापना गरेको “हो र होइन होला इभेन्ट्स”ले अष्ट्रेलियामा नेपाली युवा केन्द्रित विविध गतिविधीहरु संचालन गर्दै आएको छ।

(फिचर तस्वीर: अंग्रेजी नयाँ वर्षमा काठमाडौँ स्थित पर्पल हेजमा कर्मा ब्याण्डको प्रश्तुती)

(36)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *