Home Sports Football म्यानचेस्टर युनाइटेड ३ – सनडर्ल्याण्ड ० : केहि रोमान्चक तथ्य
म्यानचेस्टर युनाइटेड ३ – सनडर्ल्याण्ड ० : केहि रोमान्चक तथ्य

म्यानचेस्टर युनाइटेड ३ – सनडर्ल्याण्ड ० : केहि रोमान्चक तथ्य

5
0
  • ज्लातान ३० वर्ष नाघेपछिको २५० औं गोल
  • फेलानीको कप्तानी
  • ल्युक श’लाई जोजेले धाप मारे
  • २४ सेप्टेम्बर यता रास्फ़र्डको पहिलो गोल

सनडर्ल्याण्डलाई उसको घरेलु मैदान ‘स्टेडियम अफ लाइट्स’मा ३-० गोल अन्तरले हराउँदै म्यानचेस्टर युनाइटेड इंगलिस प्रिमियर लिगको पाँचौं स्थानमा उक्लिएको छ। खेलको ३० औं मिनेटमा ज्लातान इब्राहिमोभिचले युनाइटेडका लागि पहिलो गोल गर्दै सनडर्ल्याण्डलाई दवावमा पारेका थिए।

खेलको ४३ औं मिनेटमा सनडर्ल्याण्डका सेबास्टियन लार्सनले रातो कार्ड खाँदै मैदान बाट बाहिरिए पछि १० जनामा सिमित डेविड मोएसको टिमलाई युनाइटेडको आक्रमण रोक्न हम्मे-हम्मे पर्यो। मौकाको फाइदा उठाउँदै हेनरिक मिखितरियानले दोस्रो हाफको पहिलो मिनेटमै कप्तान ल्युक श’को पासमा सुन्दर गोल गर्दै युनाइटेडको अग्रतालाई दोब्बर बनाए।

जेसी लिङ्गार्डको सब्स्टिच्युटका रुपमा मैदान प्रवेश गरेका युवा खेलाडि मार्कस रास्फ़र्डले खेलको ८९ औं मिनेटमा ज्लातानको पासलाई जाली चुमाए पछि युनाइटेडले ३-० ले जित्दै अत्यावस्यक ३ अंक बटुल्न सफल भयो।

हेरौं खेलका केहि रोमाञ्चक तथ्य:

ज्लातान ३० वर्ष नाघेपछिको २५० औं गोल:
प्रतिस्पर्धात्मक इंगलिस प्रिमियर लिगकै बुढा खेलाडी मध्येका एक ज्लातान ति खेलाडी हुन् जसको उमेर प्रिमियर लिग जस्तो प्रतिस्पर्धात्मक खेलबाट सन्यास लिने उमेर भैसकेको छ। उनको उमेरका अधिकांश खेलाडी अमेरिकाको मेजर लिग सकर अथवा चीनको राष्ट्रिय लिग खेलिरहेका छन्। ज्लातानलाई एम.एल.एस क्लबहरुले युनाइटेडले भन्दा धेरै पैसा बोले पनि ज्लातानले आफु अझै केहि वर्ष प्रतिस्पर्धात्मक फुटबल खेल्ने भन्दै युनाइटेड भित्रिएका हुन्। सनडर्ल्याण्डका विरुद्ध हिजो उनले गरेको गोल ३० वर्ष उमेर नाघी सकेपछि ठुला प्रतियोगितामा उनले गरेको २५० औं गोल हो।

फेलानीको कप्तानी:
केहि समय अगाडी समर्थकको चर्को विरोध खेपेका फेलानीले सनडर्ल्याण्ड विरुद्धको य़ुनाइटेडको कप्तानी गरेका थिए। समर्थक माझ फेलानी त्यति लोकप्रिय बन्न सकेका छैनन्।

ल्युक श’लाई जोजेले धाप मारे:
केहि समय अगाडी वि.वि.सीका एक पत्रकारको प्रश्नमा बोल्दै म्यानचेस्टर युनाइटेडका बोस जोजे मरिन्होले ल्युक श को प्रदर्शनका आधारमा उनको स्थान बेन्चमै ठिक रहेको प्रतिक्रिया दिएका थिए। ल्युक प्रतिको उनको उक्त प्रतिक्रियाको केहिले आलोचना समेत गरेका थिए भने धेरैले समर्थन गरेका थिए। त्यसको केहि दिन मै जोजेले ल्युक श’लाई सुरुवाती ११ मा मात्रै समावेश गरेनन्, ६१ औं मिनेटमा डेली ब्लाइण्डबाट सब्स्टिच्युट हुँदै मैदान बाहिरिंदा जोजेले ल्युकलाई धाप मारे। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका ल्युकले हेनरिक मिखितरियानको गोलमा एसिस्ट गरेका थिए।

२४ सेप्टेम्बर यता रास्फ़र्डको पहिलो गोल:
अगिल्लो सिजनको अन्त्य तिर म्यानचेस्टर युनाइटेडको सिनियर टिममा आक्रामक प्रवेश गरेका मार्कस रास्फ़र्डले यो सिजनको पछिल्लो समय धेरै खेल गोल रहित खेलेका थिए। हिजोको खेलमा अन्तिम समयमा गोल गर्दै उनले गत सेम्टेम्बर २४ देखिको आफ्नो गोलको खडेरीलाई अन्त्य गरेका हुन्।

ई.पी.एल को २७८ औं खेलमा लार्सनलाई पहिलो पटक प्रतिवन्ध:
म्यानचेस्टर युनाइटेड विरुद्धको खेल यदि कसैलाई सबै भन्दा महँगो सावित भयो भने ती सेबास्टियन लार्सन नै हुन्। ई.पी.एल मा २७८ औं पटक खेलिसकेका उनले हिजो खेलमा रातो कार्ड खाए पछि अर्को खेलका लागि प्रतिवन्धित भएका छन्। यो नै उनका लागि पहिलो प्रतिवन्ध हो।

(5)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *