Home Australia नेपाली मूलका देवाशिष अधिकारी अष्ट्रेलियन क्रिकेटको स्टेट लेभल टिमका लागि छनोट।
नेपाली मूलका देवाशिष अधिकारी अष्ट्रेलियन क्रिकेटको स्टेट लेभल टिमका लागि छनोट।

नेपाली मूलका देवाशिष अधिकारी अष्ट्रेलियन क्रिकेटको स्टेट लेभल टिमका लागि छनोट।

93
0
  • आफ्नो टिमका ओपनर ब्याट्सम्यान अधिकारी भरपर्दा स्विंग बलर पनि हुन् र हाल स्पिन बलिङ्गमा पनि सुधारिएको प्रदर्शन गर्दै आएका छन्।
  •  माइकल क्लार्क, डेभिड वार्नर, प्याट क्युमिन्स तथा मिसेल स्टार्क जस्ता राष्ट्रिय खेलाडी सोहि एकेडेमीका उत्पादन हुन्।

नेपाली मूलका देवाशिष अधिकारी अष्ट्रेलियाको स्टेट लेभल टुर्नामेन्टका लागि छनोट भएका छन्। क्रिकेट एन.एस.डब्लुको मेल एकाडेमी कार्यक्रम अन्तर्गत १३ वर्ष भन्दा मुनि उमेर समूहमा एन.एस.डब्लु ‘ब्लु’ मेट्रो स्क्वाडका लागि १ नम्बरमा नाम निकाल्दै उनि छनोट भएका हुन्।

उनि हाल क्यान्टर्बरी एण्ड वेस्ट सबर्बबाट क्रिकेट खेल्दै आएका छन्। अधिकारी त्यो एकाडेमीमा छनोट भएका छन् जुन एकेडेमीले अष्ट्रेलियाको राष्ट्रिय क्रिकेट टोलीका लागि धेरै प्रतिभाशालि खेलाडीहरुको उत्पादन गरिसकेको छ। माइकल क्लार्क, डेभिड वार्नर, प्याट क्युमिन्स तथा मिसेल स्टार्क जस्ता राष्ट्रिय खेलाडी सोहि एकेडेमीका उत्पादन हुन्।

देवाशिष अहिले १२ वर्षका भए। सन् २०१३-१४ को दश वर्ष मुनि उमेर समूहको स्टेट लेभल टुर्नामेण्टमा पनि उनले क्यान्टर्बरी एण्ड वेस्ट सबर्ब टिमबाट खेलेका थिए। आफ्नो टिमका ओपनर ब्याट्सम्यान अधिकारी भरपर्दा स्विंग बलर पनि हुन् र हाल स्पिन बलिङ्गमा पनि सुधारिएको प्रदर्शन गर्दै आएका छन्।

बुवा सागर अधिकारीसँग देवाशिष

नेपाल रिपोर्ट्ससँग कुरा गर्दै देवाशिषले आफ्नो क्रिकेट यात्रालाई सहज बनाइदिनु भएकोमा बुवा सगर अधिकारीप्रति आफू कृतज्ञ रहेको बताए। मिचेल स्टार्क, डेभिड वार्नर, विराट कोहली लगायतका स्थापित अन्तराष्ट्रिय खेलाडी मन पराउने उनले नेपाली राष्ट्रिय टोलीबाट भने प्रदिप ऐरी, पारस खड्का र सन्दीप लामिछानेलाई बढी मन पराउँछन्।

न्यु साउथ वेल्स राज्यका विभिन्न क्षेत्रका स्थानीय टोलीबाट खेल्दै आएका युवा खेलाडी हरुलाई अत्यन्त कडा मापदण्डका आधारमा स्टेट लेभल टिमका लागि छनोट गरिन्छ। क्रिकेट एन.एस.डब्लुले जनाए अनुसार प्रतिभा पहिचान, प्रदर्शन, कोच तथा प्रशिक्षकको रिपोर्ट, अनुशासन लगायतका मापदण्डमा आधारित रहेर छनोट गरिएको हो।

छनोट भएका सबै खेलाडीलाई क्रिकेट एन एस डब्लुले आफ्नो एकेडेमी मार्फत १२ महिनाको सघन प्रशिक्षण प्रदान गर्दै इन्टर-स्टेट टुर्नामेन्टका लागि तयार गर्नेछ। यी युवा खेलाडी हरुले उत्कृष्ट कोच हरु मार्फत प्रशिक्षणका साथै एलिट खेलाडीहरु द्वारा नियमित परामर्श प्राप्त गर्नेछन्।

(93)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *