Home Uncategorized नेपाल पहिलो स्थानमा

नेपाल पहिलो स्थानमा

1
0

काठमाडौं, २० चैत-
दक्षिण एसियामा व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने महिलाको संख्यामा नेपाल पहिलो स्थानमा देखिएको छ । इन्टर पार्लियामेन्टरी युनियनले सार्वजनिक गरेको तथ्यांकमा संसदमा प्रतिनिधित्व गर्ने महिला नेपालमा उच्च तहमा रहेको पाइएको हो ।

युनियनको प्रतिवेदन अनुसार अफगानिस्तान दोस्रो, पाकिस्तान तेस्रो, बंगलादेश चौथो, भारत पाँचौ, भूटान छैटौं, माल्दिभ्स सातौं र श्रीलंका आठौं स्थानमा छन् । विश्वव्यापी रुपमा अध्ययन गरिएका १ सय ९० मुलुकमध्ये नेपालको स्थान ४८ औं स्थानमा, अफगानिस्तानको स्थान ५४ औं, बंगलादेश ९१ औं, भारत १ सय ४८ औं, भुटान १ सय ७० औं, माल्दिभ्स १ सय ७९ औं र श्रीलंका १ सय ८० औं स्थानमा रहेको वुमन इन पोलिटिक्स इन २०१७ म्यापको प्रतिवेदनमा उल्लेख छ ।
बंगलादेशमा प्रधानमन्त्री, सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता महिला छन् । बंगलादेशमा २७ वर्षदेखि महिलाले सरकारको नेतृत्व गर्दै आएका छन् । नेपालमा राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश महिला छन् ।

(1)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *