Home Blog Career पहिलो प्राथमिकता पढाइलाई दिनुहोस् – मोडल संगीत श्रेष्ठ
पहिलो प्राथमिकता पढाइलाई दिनुहोस् – मोडल संगीत श्रेष्ठ

पहिलो प्राथमिकता पढाइलाई दिनुहोस् – मोडल संगीत श्रेष्ठ

8
0

मिस्टर टुरिजम वर्ल्ड २०१६ का उप-विजेता संगीत श्रेष्ठले युवाहरुलाई पहिलो प्राथमिकता पढाइलाई दिन आग्रह गरेका छन्। युवावर्गलाई लक्षित गर्दै नेपाल रिपोर्ट्सले संचालन गर्दै आएको कार्यक्रम योङ्ग एचिभर्समा प्रस्तोता रन जेरेमीको एक प्रश्नको जवाफ दिंदै श्रेष्ठले युवा उमेरमा सबैभन्दा ठुलो कुरा पढाइ रहेको बताएका हुन्।

नेपाल रिपोर्ट्सको लोकप्रिय कार्यक्रम ‘योङ्ग एचिभर्स’ को छैठौं श्रीन्खलामा फिचर भएका श्रेष्ठलाई प्रस्तोता जेरेमीले नेपालमै मोडेलिङ्ग र मिडियामा राम्रो करियर बनाई सकेका श्रेष्ठलाई कुन कुराले अष्ट्रेलिया आउन वाध्य बनायो भनेर सोधेका थिए। प्रत्युत्तरमा श्रेष्ठले आफू मास्टर्स डिग्रीका लागि अष्ट्रेलिया आएको खुलासा गर्दै सम्पूर्ण युवालाई पढाईलाई सदैव पहिलो प्राथमिकतामा राख्न आग्रह गरे।

उनले बलिवुड देखि हलिवुड सम्मका सफल कलाकारहरुको उदाहरण दिंदै उनीहरुमा सर्वप्रथम पढाईलाई पुरा गरेर मात्रै सम्वन्धित क्षेत्रमा लाग्ने चलन भएको बताए।

कार्यक्रममा श्रेष्ठले नेपाली मोडेलिङ्ग जगत, मिडिया, युवावर्गको उत्थान, पर्यावरण लगायतका विषयमा प्रस्तोता रन जेरेमीका प्रश्नहरुमा बोलेका थिए।

सन् २०१२ को मिस्टर नेपाल प्रतियोगिता समेत उपविजेता रहेका संगीत, अष्ट्रेलियामा नेपाली फेशन तथा मोडेलिङ्गको सर्वाधिक ठूलो प्ल्याट्फ़र्म ‘फेशनमाण्डु’का ब्राण्ड एम्बास्डर समेत हुन्।

योङ्ग एचिभर्सको छैठौं श्रीन्खला यहाँ हेर्नुहोस्:


(8)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *