Home News Nepal नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक ६ घण्टा बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक ६ घण्टा बन्द

1
0

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक ६ घण्टा बन्द गरिएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाले सूचना जारी गरी सडक बन्द हुने समय बढेको जानाकारी दिएको हो । आजदेखि सो सडकमा विहान १० बजेदेखि ४ बजेसम्म गाडी चल्न रोक लगाईएको बताइएको छ ।

सो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम भइरहेको छ । यसअघि पनि दैनिक साढेचार घण्टा सडक पुर्ण रुपमा बन्द हुने गरेको थियो ।आजदेखि अर्को सूचना नआउँदासम्म नारायणगढ–मुग्लिन सडक ६ घण्टा बन्द हुने आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले जानकारी दिए । सडक विस्तारको काम धमाधम चलिरहेकाले गाडी बन्द गरेर निर्माण कार्यलाई तिब्रता दिनुपरेको आयोजनाको भनाई छ । ३६ किलो मिटर लामो नारायणगढ मुग्लिन सडकमा ३३ किलो मिटरमा विस्तारको काम भइरहेको छ ।

(1)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *