Home News Nepal महानगर र मिडिया

महानगर र मिडिया

1
0


 प्रिया कार्की
पोखरा नगरपालिका घोषणा हुँदा बजार निकै सानो थियो । सञ्चार क्षेत्रको पहुँच पनि न्यून थियो । २०१६ सालतिर सञ्चार क्षेत्रमा केहीले जोखिम मोलेरै काम गरे । त्यसको मतलव जोखिम अहिले छैन भन्ने होइन तर अहिलेको जस्तो सहज त्यो बेला थिएन । प्रजातन्त्र स्थापनापछिको परिवर्तनले देशमा पत्रकारिताभन्दा बढी राजनीति क्षेत्रमा विभिन्न समयमा भएको परिवर्तनले उथलपुथल नै भएको छ । विभिन्न आन्दोलन र संघर्षबाट पनि सञ्चार क्षेत्रमा खासै ठूलै उपलिब्ध भएको पाइँदैन किनकी जोसुकै सत्तामा आए पनि यस क्षेत्रलाई आँखाको कसिंगरको रुपमा लिएको पाइन्छ ।
पोखराको पत्रकारिताको इतिहासलाई हेर्ने हो भने पहलो पटक मुक्तिनाथ शर्मा, मीनराज पराजुली र प्रेमराज मुल्मीद्वारा हस्तलिखित बुलेटिन प्रकाशित भएको बुझिन्छ । यो नै पोखराको पहिलो पत्रिकाको सुरुवात थियो । जब २०१२ सालमा रामबहादुर बड्गामीको प्रयासपछि पोखरामा मेसिनबाट पत्रिका छापिन सुरु भयो । विसं २०१७ माघमा जगन्नाथ सिग्देलको सम्पादकत्वमा हिमदूत साप्ताहिक आरम्भ भयो र २०२० सालमा पहिलो दैनिक पत्रिकाको रुपमा प्रकाशन भयो ।
पोखरा नगरपालिकाबाट उपमहानगर हुँदै महानगरसम्म आइपुग्दा सञ्चार क्षेत्रले पनि महायात्रा पार ग¥यो । पत्रपत्रिका खुल्ने र बन्द हुने क्रम जारी नै रह्यो । दशवर्षे जनयुद्धमा पत्रकारिताले इतिहासमा कहिल्यै नभोगेको संकट सामना गर्नुप¥यो । परम्परागत रुपमा चल्दै आएको पत्रकारिता÷सञ्चार क्षेत्रमा कम्प्युटर र नयाँ–नयाँ प्रविधिको प्रयोगले सञ्चारको विकास निकै तीव्र गतिमा भयो । परिणामत छापा, विद्युतीय र अनलाइन सञ्चारको पनि उल्लेख्य रुपमा विकास भयो । प्राचीन कालमा कटुवाल भट्याउने, रेखाचित्र, चिठ्ठीपत्र आदि सञ्चारका स्रोत थिए । हाल आएर राष्ट्रिय अन्तर्राष्ट्रिय जगतसँग सम्पर्कका निकै सहज, सुलभ, सस्ता र निमेषभरमै सम्पर्क गर्न सकिने भएको छ । विकासका अन्य आयामलाई पछ्याउन नेपाल निकै पछि भए पनि सञ्चार, प्रविधिमा सन्तोषजनक रुपमा अघि बढिरहेको छ ।
२०६२÷६३ को आन्दोलनअघि एफएम रेडियोको अनुमति पाउनु सजिलो थिएन । लेखनाथ नगरपालिकालाई सञ्चार मन्त्रालयले एफएम अनुमति दिएन तर २०५७ सालमा हिमचुली, पोखरा, माछापुच्छे« र अन्नपूर्ण गरी चार वटा एफएमले एकैपटक प्रसारण इजाजत पाए । अहिले करिब चार दर्जन एफएम सञ्चालनमा छन् । पोखरामा काठमाडौंबाट प्रसारण हुने कान्तिपुर र इमेज एफएम पनि सुनिन्छन् । तिनीहरुले रिले स्टेसन राखेर प्रसारण गरिरहेका छन् । पोखरामा दैनिक पत्रिका १० ओटा, साप्ताहिक ९ , पाक्षिक १, मासिक १, त्रैमासिक १ ओटा गरी जम्मा २२ प्रकारका विभिन्न पत्रिका प्रकाशित हुँदै आएका छन् । २०६२ सालमा पोखराको पहिलो टेलिभिजनको रुपमा गोल्डेन आई सञ्चालनमा आयो । यो सगँसगँै अहिले ४ ओटा टिभी सञ्चालनमा छन् । यसैगरी १४ ओटा केवुल नेटवर्क यहाँ छन् ।
देश ढुंगेयुगबाट फड्को मारेर एक्काइसौँ शताब्दीमा प्रवेश गरेको छ । विज्ञान र प्रविधिको विकाससँगै समयले कोल्टे फेरेको छ । इन्टरनेटको विकासले संसारलाई साँघुरो बनाएको छ । दर्जन बढी सञ्चारगृह स्थापना भइसकेका छन् । इन्टरनेटमार्फत् घरमै बसीबसी हामी विश्व चिहाइरहेका छौं । इमेल, फ्याक्स, सामाजिक सञ्जाल आदिले दुनियामा तरंग नै ल्याएको छ । बिडम्बना, देशमा बढ्दो बेरोजगार, राजनीतिक अस्थिरता, अशिक्षा र स्वविवेक प्रयोग गर्न नसक्दा दिन दुई गुणा, रात चार गुणाको हिसाबमा समस्या थपिँदै गएका छन् । भनौँ, राजनीतिक पार्टी खोल्ने होडबाजी नै चलिरहेको छ । यसरी बग्रेल्ती रुपमा खोलिएका दलले समस्या थपेका छन् । देशको कमजोर राज्य व्यवस्थाले विकृति, विसंगति, गुण्डागर्दी, चोरी, डकौती दिनानुदिन बढ्दै गएकोे छ ।
प्रकृतिको अनुपम सौन्दर्यको उत्कृष्ट नमुना पोखरा भौगोलिक हिसाबले सानो भएता पनि प्राकृतिक, साँस्कृतिक र कलात्मक हिसाबले धनी छ । एक क्लिकमा संसारको अवस्था अवगत हुने यो युग साच्चिकै कलात्मक र प्रशंसित बनेको छ । पोखरा महानगरपालिका भएपछि पोखरेली मिडियामाथि थप जिम्मेवारी थपिएको महसुस गर्न सकिन्छ । संख्यात्मक रुपमा पोखराको पत्रकारित विकास भए पनि गुणात्मक रुपमा अझै निकै चुनौती बाँकी छन ्। यसको समाधानका लागि सार्थक प्रयास गर्न ढिलो भइसकेको छ ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ पत्रकारिता क्षेत्रमा चुनौती बढेको बताउँछन् । उनले भने, ‘पोखरामा पत्रकारिताको अवस्था सन्तोषजनक छैन तर सुधारोन्मुख छ ।’ उनले पोखरालाई अन्तर्राष्ट्रिय सहर बनाउने र चुनौतीको सामना गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका उपाध्यक्ष रमेश पौडेल कास्कीमा आवश्यकभन्दा बढी रेडियो रहेको बताउँछन् । सञ्चालकले यसमा बुझेर लगानी गर्नुपर्ने उनको सुझाव छ । ‘पहिलेको तुलनामा रेडियोको क्रेज घटे पनि टेक्नोलोजीले यसलाई सहज बनाएको छ’, उनले भने ।
आधुनिक युगमा प्रेस, पत्रपत्रिका, रेडियो, टिभी, सिनेमा, वृतचित्र, अखबार, अनलाइन सबैको सहज पहुँच बनेको छ । अहिलेसम्म पोखरेली पत्रकारिताले आधा शताब्दी पार गरिसकेको छ । तर पनि यसले व्यवसायिक रुप लिइसकेको भने छैन । सिमित सञ्चारमाध्यम बाहेक अरुको आर्थिक पक्ष कमजोर छ । राजनीतिको गन्धले पत्रकारिता क्षेत्रसमेत अस्तव्यस्त बनेको छ । अहिलेको जनशतिm अपर्याप्त हुन सक्छ र भएको जनशतिm पनि महानगर केन्द्रित बनेको देखिँदैन । मिडिया क्षेत्रको दीगो विकास, व्यवस्थापन र गुणस्तरीय जनशतिm उत्पादनका लागि महानगरले ध्यान दिनु पर्ला कि ?

(1)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *