Home Celebrity ‘महाभारत’ बनाउदै आमिर

‘महाभारत’ बनाउदै आमिर

0
0

एजेन्सी-

बलिउड स्टार आमिर खानले ‘महाभारत’ को कहानीमा आधारित एक फिल्म बनाउन चाहेको बताउँदै आएका छन् । आमिरले महाभारत बनाउने तयारी पूरा गरेका छन् । आमिरले एक कार्यक्रममा आफूले निकै पहिलेदेखि महाभारतमा आधारित भएर एउटा फिल्म बनाउन चाहेको बताएका छन् । महाभारतको बंगाली भर्सनबाट निकै प्रभावित आमिरले आफू महाभारतमा कुन्ती पुत्र कर्णमा भूमिकामा देखिन चाहेको बताएका छन् ।

महाभारतमाथि फिल्म बनाउन सोचिरहेको खानको उक्त फिल्म निकै ठूलो प्रोजेक्ट हुनेछ । उनले एक कार्यक्रममा भनेका छन, ‘एकपटक मैले यो बनाउन सुरु गरें भने यो समाप्त हुन १५ वर्ष लाग्नेछ । पाँच वर्ष त यसको अनुसन्धान र कथा लेख्न मात्र लाग्नेछ र यसको बजेट पनि निकै ठूलो हुनेछ ।’

तर एकपटक महाभारत बनिसकेपछि यस्तो प्रकारको जुन पनि फिल्म छन् (जस्तै हलिउडको ‘लर्ड अफ द रिंग’) तीमध्ये यो सबैभन्दा ठूलो हुनेछ । यो संसारको सबैभन्दा महान फिल्म हुनेछ । आमिर महाभारतमा कर्णको भूमिका निभाउनका लागि निकै उत्साहित भएको देखिन्छ । ‘कर्णको पहिलो इन्ट्रिले नै मलाई प्रभावित गरेको छ । जब उनी प्रतियोगितामा भाग लिन पहिलो पटक आउँछन् तब कुन्ती उनको कवच– कुण्डल देखेर नै बेहोस हुन्छिन्,’ उनले भने ।
महाभारत बनाउनका लागि आमिरले एक पूरा तयारी गरिसकेका छन् ।

उनी यसलाई ७ भागमा बनाउने इच्छा व्यक्त गर्छन् । फिल्मको पहिलो भागमा भिष्म पितामहको कहानी मात्र हुनेछ । भिष्म पितामह नै पहिलो भागका हिरो हुन् । जबसम्म हामीले भिष्म पितामहलाई बुझ्दैनौं त्यतिबेलासम्म महाभारतलाई बुझ्न सक्दैनौं । पहिलो भागको अन्त्यमा कौरव र पाण्डवको जन्म हनेछ र उनीहरुको बाल्यकाल देखाउन सकिन्छ ।

(0)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *