Home News Nepal म्यादी प्रहरीका लागि भर्ना खुल्यो

म्यादी प्रहरीका लागि भर्ना खुल्यो

0
0

स्थानीय तह निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा भर्ना खुल्ला गरिएको छ । प्रहरी प्रधान कार्यालयले ७५ हजार म्यादी प्रहरी भर्नाको लागि सुचना प्रकाशित गरेको छ । राजधानी उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुरको प्रहरी परिसर तथा अन्य सबै जिल्लाको जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । जस अनुसार चैत्र ११ गते विहान १० बजेदेखि चैत्र १७ गते साझ ५ बजेसम्म दरखास्त दिने समय तोकिएको छ ।

१८ बर्ष पूरा भई ५४ बर्ष ननाघेका, साधारण लेखपढ गर्न जान्ने, फौजदारी अभियोगमा संलग्न नभएको र कुनै नैतिक पतन नभएको नेपाली नागरिकले म्यादी प्रहरीको लागि दरखास्त दिन पाउनेछन् । तोकिएको समयमा दरखास्त दिएकाहरुले चैत्र १८ गते सम्बन्धित स्थानमा सम्पर्क गर्नुंपर्ने र छनौट प्रक्रिया चैत्र १९ देखि २१ गते सम्म चल्नेछ । चैत्र २२ गतेको नतिजामा नाम निकालेकाहरुको चैत्र २५ देखि बैशाख ८ गतेसम्म प्रशिक्षण सञ्चालन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । स्थानीय निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्यवधि ५५ दिनको हुनेछ ।

(0)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *