Home News International नेपाललाई तीन पदक

नेपाललाई तीन पदक

1
0

थाइल्यान्डको बैंककमा भएको दोश्रो थाइ मार्सल आर्ट विश्व च्याम्पियनसिपमा नेपालले १ रजतसहित ३ पदक जितेको छ । पुरुषको ५७ केजीमा सविनकुमार राईले रजत तथा ५१ केजीमा निकेश तामाङ र ६७ केजीमा रमेश पाण्डेले कांस्य जिते । गत संस्करणका स्वर्ण विजेता निकेशले यसपटक कांस्यमै चित्त बुझाएका हुन् ।

नेपालबाट ४ पुरुष खेलाडीले सहभागिता जनाएकोमा ५४ केजीमा प्रतिस्पर्धा गरेका राजु राई पदकविहीन रहे ।मार्च १२ देखि २२ तारिखसम्म भएको प्रतियोगितामा सहभागी भइ टोली नेता नेपाल थाइ बक्सिङ संघका अध्यक्ष नवराज भण्डारी र अफिसियल श्यामकृष्ण बस्नेतसहितको टोली बिहीबार स्वदेश फर्किएको हो ।

(1)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *