Home Australia एन.आर.एन.ए अस्ट्रेलियाको सदस्यता आवेदन खुल्यो, तपाईंले जान्नै पर्ने केहि तथ्यहरु।
एन.आर.एन.ए अस्ट्रेलियाको सदस्यता आवेदन खुल्यो, तपाईंले जान्नै पर्ने केहि तथ्यहरु।

एन.आर.एन.ए अस्ट्रेलियाको सदस्यता आवेदन खुल्यो, तपाईंले जान्नै पर्ने केहि तथ्यहरु।

45
0

आउंदै गरेको राष्ट्रिय समन्वय समिति (एनसीसी)को कार्यसमिति चुनावलाई मध्यनजर गर्दै एन.आर.एन.ए अस्ट्रेलियाले सदस्यता आवेदन खुल्ला गरेको छ। पुराना सदस्यलाई नवीकरण गर्न एवं इच्छुक नयाँ सदस्यलाई सदस्यता लिन आह्वान गर्दै यहि मार्च १५ तारिखदेखि एन.आर.एन.ए अस्ट्रेलियाले उक्त आवेदन खुल्ला गरेको हो।

प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मी

एन.आर.एन.ए को विधानमा वर्किङ्ग भिसामा रहेका र पर्मानेन्ट रेसिडेन्सी लिईसकेका वा सो सरहका प्रवासी नेपालीलाई मात्रै एन.आर.एन मान्ने प्रावधान रहे पनि यसपटक एन.आर.एन.ए अस्ट्रेलियाले विद्यार्थी भिसामा रहेका प्रवासी नेपालीलाई पनि एसोसिएट सदस्यका रुपमा सदस्यता प्रदान गर्ने घोषणा गरेको छ। यस विषयमा नेपाल रिपोर्टससंग कुरा गर्दै एन.आर.एन.ए अस्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले विधानको मानार्थ सदस्यता सम्वन्धि प्रावधानका आधारमा विद्यार्थीलाई एसोसियट सदस्यता प्रदान गर्न लागिएको प्रष्ट्याए। डा. रेग्मीका अनुसार नेपाल र नेपाली संग अपनत्व महसुस गर्ने विदेशी नागरिकलाई पनि एसोसियट सदस्यता प्रदान गर्न मिल्ने प्रावधान एन.आर.एन.एको विधानमा उल्लेखित छ।

के हो विद्यार्थीका लागि एसोसियट सदस्यता ?

एन.आर.एन.ए अस्ट्रेलियाको एसोसियट सदस्यता लिने विद्यार्थीहरु एन.आर.एन.एका सदस्य रहनेछन् तर उनीहरुसंग एन.आर.एन.ए अस्ट्रेलियाको निर्वाचनमा उम्मेदवार बन्ने तथा मतदान गर्ने मताधिकार भने रहने छैन। प्रवक्ता डा. रेग्मीका अनुसार एन.आर.एन.ए अस्ट्रेलियाको एसोसियट सदस्यता लिने नेपाली विद्यार्थीले एन.आर.एन.ए अस्ट्रेलियाको विद्यार्थी कल्याण कोषबाट आवस्यक परेको अवस्थामा सत प्रतिसत लाभ लिन सक्नेछन् – जुन कुरा एसोसियट सदस्यता नलिएका नेपाली विद्यार्थीमा भने लागु हुँदैन।
नियमित सदस्यका हकमा
एन.आर.एन.ए अस्ट्रेलियाको आगामी चुनावमा मतदान गर्ने मताधिकारका लागि अप्रिल ३० भित्रै सदस्यता लिईसक्नु पर्ने पनि डा. रेग्मीले बताए। प्रवक्ता रेग्मीका अनुसार मतदानका लागि उचित स्थान सुनिश्चित भएपछि एन.आर.एन.ए अस्ट्रेलियाले मतदानको मिति तोक्नेछ।

सदस्यता शुल्क कति ? कहाँ जान्छा त्यो रकम ?
खुलाइएको सदस्यता आवेदनमा निम्नानुसारको सदस्यता शुल्क तोकिएको छ

कोषाध्यक्ष डिला खरेल
  • एकल साधरण सदस्य          :    २५.०० अष्ट्रेलियन डलर
  • पारिवारिक साधारण सदस्य  :    ५०.०० अष्ट्रेलियन डलर
  • एसोसिएट साधरण सदस्य    :    १०.०० अष्ट्रेलियन डलर
  • आजीवन सदस्य                  :    २५०.०० अष्ट्रेलियन डलर

एन.आर.एन.ए अष्ट्रेलियाले यसरी सदस्यता वितरण गरेर उठाएको रकम कहाँ जान्छ भन्ने बारे धेरैको चासो रहने गर्दछ। यसै चासोमा आधारित भएर हामीले एन.आर.एन.ए अष्ट्रेलियाका कोषाध्यक्ष डिला खरेल समक्ष जिज्ञासा राखेका थियौं।

कोषाध्यक्ष खरेलले दिएको जानकार अनुसार सदस्यता शुल्क बाट उठेको रकम बाट प्रत्यक सदस्य बराबर ३.०० अमेरिकी डलर एन.आर.एन.ए – अन्तराष्ट्रिय समन्वय समिती (आइ.सी.सी)को बैंक खातामा स्थानान्तरण हुन्छ भने प्रत्यक सदस्य बाट ५.०० अष्ट्रेलियन डलर एन.आर.एन.एको सामाजिक कल्याणकारी कोषमा जम्मा हुने गर्दछ। बाँकी रहेको रकम मध्ये ५० प्रतिसत राष्ट्रिय समन्वय समिती (एन.सी.सी)को भागमा पर्छ भने ५० प्रतिसत चाहीं सम्बन्धित राज्य समन्वय समिती (एस.सी.सी)को खातामा जम्मा हुन्छ। खरेलका अनुसार यही रकम बाट नै एन.आर.एन.ए एनसीसी र सबै एससीसी हरुले आफ्ना गतिविधी संचालन गर्ने गर्दछन्।

यदि तपाईं अष्ट्रेलियामा हुनुहुन्छ र इच्छुक हुनु हुन्छ भने यो लिंकमा गएर नयाँ सदस्यता लिन तथा पुरानो सदस्यता नवीकरण गर्नसक्नु हुनेछ।
NRNA Australia Membership Form

(45)

LEAVE YOUR COMMENT

Your email address will not be published. Required fields are marked *