हवाइ रूटबारे दुई देशका अधिकारीबीच छलफल

जेठ ३१, भारतबाट नेपाल प्रवेश हुने थप हवाइ रूटबारे दुई देशका अधिकारीबीच काठमाडौंमा छलफल सुरु भएको छ।

राजधानीको एक होटलमा बिहीबार बिहानदेखि छलफल जारी छ। छलफलमा नेपालमा बनिरहेका अन्तर्राष्ट्रिय विमानस्थलका लागि चाहिने रूट भारतले उपलब्ध गराउने र नेपालका तराई क्षेत्रका विमानस्थलबाट भारतीय सहरमा हुने सीमापार उडानबारे कुरा हुने नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए।

नेपाल–भारतको हवाइ सम्झौतामा नेपालले माग गरेका हवाइ रूट उपलब्ध गराउन भारत सैद्धान्तिक रूपमा सहमत भइसकेको छ।
सम्झौताको ९ वर्ष बित्दा पनि नेपालले थप हवाइ रूट पाएको छैन।

अहिले भारतीय आकाशबाट सिमरा हुँदैमात्र जहाज नेपाल आउन पाउँछन्। नेपालले जनकपुर, भैरहवा, नेपालगञ्ज र महेन्द्रनगरमा हवाइ रूट माग गरेको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *