सफा नगरपालिका हाम्रो कल्पना: नेपाली युवाहरुको संञ्जाल लमजुङ (NYCA)

-नेपाल रेपोर्ट्स /अशोक भट्टराई

जलवायु परिवर्तनका लागि नेपाली युवाहरुको संञ्जाल लमजुङ (NYCA) ले जिल्लाको सुन्दरबजार नगरपालिकाको विभिन्न ठाउँहरुमा फोहोर व्यवस्थापनसंग सम्बन्धित सचेतनामुलक बोर्ड टाँगी उदाहरणीय कार्य गरेको छ । उक्त बोर्डमा ,“सफा नगरपालिका हाम्रो कल्पना ,फोहोर व्यवस्थापन गर्न सबैमा सूचना´´ “हजुरले सफा गर्न पर्दैन, फोहोर नगरीदिए पुग्छ´´ जस्ता सचेतनामुलक भनाइहरु लेखिएको छ। यस कार्यक्रमले स्थानीय वासिन्दालाई सुसूचित गराउने र नगरपालिकालाई फोहोर व्यवस्थापन गर्न सहयोग पुर्याउने , NYCA लमजुङका अध्यक्ष आषिश त्रिपाठीले बताउनु भयो।

कार्यक्रमको उद्घाटन गर्दै संजालको यस कार्यक्रमले नगरपालिकालाई फोहोर व्यवस्थापन गर्न सहज हुने भन्दै सुन्दरबजार नगरपालिका वडा न:९ का वडा अध्यक्ष मोती प्रसाद गुरुङले यस संजालको प्रसंशा गर्नुभयो। संजालले लमजुङ क्षेत्रमा बिगत तीन वर्षदेखि जलवायु परिवर्तन र वातावरण संरक्षण सम्बन्धित विभिन्न उल्लेखनीय कार्य गर्दै आएको यसै संजालका पुर्व अध्यक्ष दिपेश चौधरीले बताउनुभयो ।

 

1 thought on “सफा नगरपालिका हाम्रो कल्पना: नेपाली युवाहरुको संञ्जाल लमजुङ (NYCA)”

Leave a Comment

Your email address will not be published. Required fields are marked *