सङ्कटमा खुकुरी उद्योग

भाेजपुकाे भाेजपुरे खुकुरी भनेपछि देशविदेश प्रख्यात छ तर भोजपुरे खुकुरी उद्योग यति बेला सङ्कटमा परेको छ । दक्ष कारिगर तथा कच्चा पदार्थको अभावले खुकुरी उद्योग सङ्कटमा परेको हो । युवा समुदाय खुकुरी बनाउने पेशातर्फ आकर्षित हुन नसकेका कारण र यो पेशालाई हेला गर्न थालिएकाले समेत उद्योग सङ्कटमा परेको व्यवसायी बताउँछन् । यहाँ भोजपुरे, सिरुपाते, चित्लाङ्ले, कोथीमोडा लगायतका खुकुरी बन्ने गरेका छन् । यहाँ बनाइएका खुकरी मुलुकका विभिन्न जिल्ला तथा विदेशमा समेत प्रख्यात मानिन्छ ।

भोजपुरे खुकुरीको माग स्थानीय बजार, बाहिरी जिल्लासँगै विदेशमा समेत छ तर मागअनुसारको खुकुरी उत्पादन हुन ससेको छैन । मागअनुसारको खुकुरी उत्पादन गर्न नसकिएकाे र याे पेशालार्इ युवाहरूले उपेक्षा गरेकै कारण खुकुरी उद्याेग संकटमा परेकाे हाे । सरकारले साना तथा मझौला उद्योगलाई प्राथमिकता नदिँदा पनि व्यवसाय सङ्कटमा परेको उद्योग सञ्चालक बताउँछन् । खुकुरी बनाउन आवश्यक कोइला र बिँडको लागि आवश्यक काठको अभाव छ । व्यवसायलाई जिवन्त राख्न खुकुरी बनाउने तालीमसमेत सञ्चालन गनुपर्नेमा यहाँका व्यवशायीले जोड दिएका छन् ।

युवाशक्ति विदेश पलायन हुनु पनि यो व्यवशायका एक समस्या हाे जुन भाेजपुरमा पनि व्यप्त छ । युवा विदेश जाँदा गाउँघरमा सञ्चालनमा रहेका साना उद्योग बन्द भएका छन् । नेपालमै बसेर यहि व्यवसाय गरे काम र दाम दुवै रहेकाे कुरा खुकुराे उद्याेग व्यवसायी बताउँछन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *