संविधानको भावना कुल्चिन थालेको भन्दै कांग्रेस आक्रोशीत

जेठ ३१,   हरेक ठाउँमा संविधानको भावना कुल्चिन थालेको भन्दै विपक्षीले सरकारलाई खबरदारी गरेको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संसद छाडेर जनतामाझ जाने चेतावनी दिएको हो ।

संसदको बिहीबारको बैठकमा कांग्रेस सांसद मिनेन्द्र रिजालले सरकारका मन्त्रीहरुले काम गर्ने मन छ कि छैन ? जेलमा जाने हो भन्दै तर्साउने थालेको बताए ।

नियम, कानुन र संविधानअनुसार काम गर्नु पर्ने उनको जोड छ । ‘नियम छ, कानुन छ, संविधान छ । नियम, कानून, संविधानको पालना होस् । त्यही नियम, कानुन, संविधान अन्तरगत बसेर काम गर्न हामी आएका हौं,’ उनले भने, ‘सरकारलाई योभन्दा बाहिर जाने अधिकार छैन ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *