शालाहले रुँदै किभको ओलम्पिक रङ्गशाला छाडेका थिए ! तर अहिले !!!

असार १, एजेन्सी । इजिप्टेलीहरुले रामोसलाई सामाजिक सञ्जालमा सरापे । शालाहले रुँदै किभको ओलम्पिक रङ्गशाला छाडे लगतै इजिप्टेली ट्वीटरमा अरबिक ह्यासट्याग “रामोस कुकुर” र “र**को छोरा” टे«ण्डिङ्ग भएको थियो । शालाहलाई “भौतिक र मनोवैज्ञानिक चोट” पु¥याएको भन्दै एक इजेप्टेली वकिलले रामोश माथि ८७.४ करोड अमेरिकी डलरको मुद्दानै हालेका छन् ।

देशवासीको लागि शालाहको जादु मैदानमात्र सिमित छैन । उनी एक त्यस्तो बिरलै खालको व्यक्तित्वको प्रतिनिधित्व गर्छन् जसको पछाडी वर्ग र राजनीतिको सीमाना तोडेर सम्पुर्ण इजिप्टेलीहरु एक भएका छन् ।

सन् २०११ मा लामो समयदेखि देशमा शासन गरिरहेका राष्ट्रपति होस्नी मुबारकलाई सत्ताच्युत गरेपछि देशले भोगेको राजनैतिक र आर्थिक उतारचढावपछि समाजमा कोरिएको विकराल विभाजनमाझ यसलाई ठूलो सफलता मान्नुपर्छ ।

“मोहम्मद शालाह निक्कै महत्वपूर्ण छन् किनकी उनी एक प्रतिक हुन् …तुतेनखमुनजस्तो, पिरामिडजस्तो,” संसदीय युवा र खेलकुद समितिका प्रमुख मोहमद फराग अमेरले भने ।

२५ वर्षको उमेरमा शालाहलाई लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग तुलना गरिएकोमा काइरोमा बस्ने खेल पत्रकार हरते महेरले भने : “यो इतिहासको कुनै पनि समयमा इजिप्टेली खेलाडीका लागि पहिले कहिल्यै नभएको कुरा हो ।”

इजिप्टले २८ वर्षपछि पहिलो पटक आफ्नो विश्वकप खेल शुक्रबार उरुग्वेविरुद्ध खेलेर शुरु गर्दैछ । शालाह पूर्णत ठीक भए नभएको बारे शंका जारी रहे पनि शालाह खेल्ने निश्चित भइसकेको छ । उनी सहभागी नहुँदा यो निक्कै लज्जाको विषय हुन्थ्यो ।

सन् २०११ मा अरब स्प्रीङ शिखरमा रहँदा मुबारकको पतनसँगै लगभग ३० वर्षदेखि देशलाई जकडिरहेको निरङ्कुशताको अन्त्यले यो दशलाई एक क्षणिक आशा दिएको थियो । तर, लोकतन्त्रतर्फको संक्रमण निक्कै असहज सावित भयो र यो तब असफल भयो जब इजिप्टको पहिलो जन निर्वाचित राष्ट्रपति मोहम्मद मोर्सीलाई सन् २०१३ मा देशको सेनाले अपदस्थ ग¥यो ।

काएरोभन्दा ८० कि.मी. टाढा रहेको १५,००० मानिसहरु बसोबास गर्ने सानो गाँउ नर्गिगलाई ज्यास्मीनको खेतीले घेरिएको छ । कुखुरा र गाईहरु धुलाम्मे र पिच नगरिएको गल्लीहरुमा घुमिरहेको भेटिन्छ । धेरै घरका बाहिरी ढोकाहरु खुल्लै देखिन्छन् । यसले यस गाँउमा छिमेकीहरुबीच रहेको आत्मिएता देखाउँछ ।

शालाह प्रत्यक सिजनको अन्त्यपछि एक पटक यो गाँउ आउने गर्छन् । नर्गिगका मेयर महेर शेतियाका अनुसार यो वर्ष विश्वकपका कारण उनी आउन पाउदैनन् होला । कुराका क्रममा शेतियाले शालाह अघिल्लो रामादानमा आफ्नो घरमा आएको कुरा सम्झे । त्यो समय रोमाका खेलाडी रहेका शालाह घाइते भएका शेतियालाई भेट्न आएका थिए ।

“मोहम्मद निक्कै शान्त मानिस हुन्, उनी त्यति धेरै बोल्दैनन्,” शेतियाले भने, “उनी निक्कै साधारण छन्…त्यो समय उनले लिभरपुलसँग केही हुन सक्ने बताएका थिए ।”

गाँउका कसैले पनि आफ्नो गाँउको एक सोझो केटो यो उचाईसम्म पुग्ला भन्ने अनुमान समेत गरेका थिएनन् । अब जब त्यो नसोचेको कुरा यथार्थमा बदलिएको छ, तब यो एक अर्कामा आत्मिय रहेको समूदायमा उनी गर्वका पात्र भएका छन् । “उनले त्यो स्थानमा पुग्न निक्कै मेहनत गरेका छन्,” शेतियाले भने ।

किशोर अवस्थामा शालाहले कसरी हप्ताको पाँच दिन दैनिक नौँ घण्टा टे«नको यात्रा गरेर उनको घरबाट कायरोमा रहेको अरब कन्ट्राक्टर टीमसम्म यात्रा गर्थे भन्ने कथा उनको गाँउमा एक किम्बदन्ती बनेको छ ।
नर्गिगको त्यो चामत्कारिक केटोले आफ्नो स्टारडमबीच पनि आफ्नो मूल भूमि बिर्सिएको छैन । उसले आफ्नो समूदायको गुण फर्काउनको लागि आफ्नो धन प्रयोग गरिरहेका छन् । शालाहले एक धार्मिक स्कूल, एक परोपकारी खाना बजार र गाँउमा एक एम्बुलेन्स स्टेशनको निर्माणमा खर्च गरिसके ।

“उनी बदलिएका छैनन्, उनी घमण्डी भएका छैनन्,” मोहमद शालाह च्यारिटीका निर्देशक मोहमद अल बहनासीले भने । यो संस्थाले प्रत्यक महिना खाँचोमा परेका व्यक्तिहरुलाई आर्थिक सहयोग गर्छ ।

शालाहको परोपकारी कामबारेका खबर विभिन्न समयमा इजिप्टमा भाइरल हुने गर्छ । जसमध्य अधिकांश झुटा हुन्छन् ।

उदाहरणको लागि हल्ला भएजस्तो उनले नर्गिगका प्रत्यक जोडिहरुको विवाह खर्च बेहोर्दैनन् । तर, यो हल्लाले पनि इजिप्टेलीहरु आफ्नो राष्ट्रिय हिरोप्रतिको प्रेम देखाउँछ ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *