शत्रु गते पछी दाल भात तरकारी ल्याउदै म ह जोडी| को को छन कलाकार

काठमाडौं– चलचित्र ’शत्रु गते’ को सफलतापछि उत्साहित भएको मह सञ्चारसहितको समुहले नयाँ  चलचित्र ‘दाल भात तरकारी’ निर्माण गर्ने घोषणा गरेको छ ।
मह सञ्चारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहने चलचित्रकोलाई निर्माता केसीकै पुत्र सुदन केसीले निर्देशन गर्नेछन् । यसअघि उनले दुई हलिउड चलचित्र रिमेम्बर मि र माई लभमा सह निर्देशकको रुपमा काम गरिसकेका छन् । ’शत्रु गते’ मा पनि सुदनले सहायक निर्देशकको रुपमा काम गरेका थिए ।

दाल भात तरकारीमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउत, बसुन्धरा भुषाल, राजाराम पौडेल , शिशिर बाङ्ग्देल आदि कलाकारहरुले अभिनय गर्नेछन् ।
मंसिरमा फ्लोरमा जाने यो चलचित्रलाई २०७६ साल वैशाख १३ गते प्रदर्शन गरिने बताइएको छ । चलचित्रले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा बोल्ने घोषणा समारोहमा जनाइयो । चलचित्रको कथा हरिवंश आचार्यले लेखेका हुन् । स्क्रिन प्ले र डाइलग पनि उनकै हो ।
शम्भुजित बाास्कोटाको संगीत रहने चलचित्रका गीत हरिवंश आफैंले लेखेका छन् । चलचित्रमा पुष्पलको जोडी स्वस्तिमासाग बााधिएको छ भने हरिवंश र निरुतालाई जोडीको रुपमा देख्न सकिनेछ ।
कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्मातामा रहेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *