विश्वकप फुटबल को अघिल्लो दिन किन बर्खास्त भए जुलेन

जेठ ३१, विश्वकप फुटबल को अघिल्लो दिन स्पेनले प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेको छ ।

स्पेनले १ असारमा पोर्चुगलसँग पहिलो खेल खेल्दैछ । तर, त्यसअघि प्रशिक्षक बर्खास्तीमा परेका हुन् ।

स्पेनिस फुटबल फेडेरेसनले पत्रकार सम्मेलन गरी ५१ वर्षीय लोपेटेगीलाई बर्खास्त गरेको घोषणा गरेको हो । संघलाई कुनै जानकारी नदिई रियल मड्रिडसँग सम्झौता गरेकाले लोपेटेगीलाई बर्खास्त गरिएको उसले बताएको छ ।

स्पेनिस क्लब रियल मड्रिडले मंगलबार मात्र लोपेटेगीलाई नयाँ प्रशिक्षक नियुक्त गरेको घोषणा गरेको थियो ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *