विद्यालयमा सेनेटरी प्याडका लागि एक लाख बजेट

२६ भदौ । रजस्वला हुँदा पुरुषलाई छुनै नहुने पानी छुन नदिने, धार्मिकस्थलमा जान नदिने, पोषणयुक्त खानेकुरा खान नदिने, घर भन्दा टाढा अलग्गै बस्न लगाउने  र विद्यालय समेत जान नहुनेजस्ता कुप्रथा अझै व्याप्त छ याे समाजमा । यहि प्रथा हटाउनका लागि कृष्णपुर नगरपालिकाले विद्यालयबाटै सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेर याे कुप्रथा बिरूद्द नाैलाे कामकाे सुरूवात गरिएकाे छ ।

चेतनाको अभावमा किशोरीहरुले पुराना फोहर कपडा प्रयोग गर्दा सङ्क्रमण हुनसक्ने भएकाले नगरपालिकाभित्र रहेका ३४ सामुदायिक र २७ वटा निजी विद्यालयमा सेनेटरी प्याड उपलब्ध गराउने व्यवस्था गरेका छौंँ नगर प्रमुख हमालले भने, “यसका लागि नगरपालिकाले रु एक लाख बजेट छुट्याएको र विद्यालयमा रजस्वलाबारे सचेनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।”
उचित शिक्षा का अभाव र जागरणकाे अभियान विद्यालय बाटै सुरू हुन्छ भन्ने कुरा बुझेर सेनेटरी प्याडकाे व्यवस्था विद्यालयमै गरिएकाे याे अभियान सह्रानिय छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *