विद्यार्थी, शिक्षक र शिक्षा पद्धति

जमिन रार्इ , २५ भदाै
हालैमात्र मिडियामा नवलपरासीकाे एउटा समचार सामाजिक सञ्जालमा छरपस्ट भयाे । विद्यार्थीमाथि दुर्व्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी निलम्बनमा परेकाे घटनाले धेरैलार्इ चकित  तुल्याएकाे हुन सक्छ । कक्षा १० मा नेपाली विषयअन्तर्गत ‘हाम्रो संस्कृति’ शीर्षक पाठ अध्यापन गराउने क्रममा शिक्षक तिवारीले फरकफरक समुदाय र सम्प्रदायको उदाहरण दिँदा मधेश क्षेत्रको संस्कृति बारे बताउँदा ठेस पुग्ने शब्दको प्रयोग गरेको भन्दै विद्यार्थीले विरोध जनाएका अाराेप लगाए र प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी समेत गरे । विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीलाई १० दिनका लागि निलम्बन गर्याे । यस्ता घटनाहरू धेरै अाउछन् पत्रपत्रिकामा । यस घटनामा काे दाेशी हाे ? किन हाे ? त्याे छानबिनकाे बिषय हाे, याे लेखकाे विषय अर्कै छ ।

विषय गुरू र चेला काे हाे , विषय हालकाे शिक्षा पद्धत्तिकाे हाे । प्रसंग सुरू गराैँ प्राचीन गुरु–शिष्य सम्बन्ध बाट । हाम्राे पूर्विय सनातन मान्यता अनुसार गुरू अन्धकार दुर गर्ने सम्माननिय व्याक्ति हाे । संस्कृत भाषा अनुसार गु काे अर्थ अन्धकार हाे भने रू काे अर्थ दुर गर्नु हाे । प्राचिन पूर्विय संस्कार अनुसार कुनै पनि चेला गुरूकाे शिक्षा पाउनपूर्व २५ वर्षसम्म आफ्नो घररुपी पहिलो पाठशालामा आमाबुवा (प्रथम गुरु)  बाट शिक्षित–दिक्षित भइसकेपछि मात्र गुरूकुलमा अध्ययन गर्ने परम्परा थियाे । गुरुकै घरमै १२–१३ वर्ष बसेर अध्ययन गर्ने गुरूकाे शेवा गर्ने र पूर्ण शिक्षित भइसकेपछि मात्र घर आएर गृहस्थाश्रम चलाउने गरिन्थ्यो। न त शुल्क लिइन्थ्याे न त दिइन्थ्याे । गुरू अाफ्नाे ज्ञानमा परिपक्व हुन्थे भने चेला पनि गुरूलार्इ अत्यन्त सम्मान गर्थे । गुरूलार्इ देवता समान ठान्थे । गुरू ब्रम्हा, विश्णु र महेश्वरकाे अवतारका रूपमा पुज्थे । गुरू एक प्रकारले दिव्यश्वरकाे प्रतिक नै थिए । त्यसताकाका शिक्षा कठिन थियाे । गुरू पनि अाफ्नाे मर्यादाकाे पालन गर्थे । व्यावाहारिक र नैतिक ज्ञानमा निःपूण हुन्थे र अाफ्नाे चेलालार्इ पनि उक्त ज्ञान व्यावहारमा उतार्नकाे लागि हरदम  काेशिस गरिरहन्थे ।

परिस्थिति बदलिएकाे छ । हालकाे परिस्थितिकाे विश्लेषण गरिरहनु नपर्ला । पत्रपत्रिकामा अाएका विभिन्न समचार पढेर गुरू र चेलाकाे सम्बन्ध के कस्ताे छ बुझिहालिन्छ । गुरू शिक्षक बनेका छन् भने चेला विद्यार्थी । शिक्षा क्षेत्र व्यापारिकरण भएकाे छ । शिक्षक एक पेशा बनेकाे छ भने विद्यार्थी बन्नु व्यावहारिक ज्ञानसँग कम जाेड्दै व्यापारिक ज्ञानसँग बढी जाेडिएकाे छ । शिक्षा सँगै जाेडिएकाे एक अभिन्न पाटाे मध्य सजाय पनि पर्छ । पहिले सजाय पाठ सिकाउँने तरिकाले व्यवहारिक र अर्थपूर्ण सजाय हुन्थ्याे भने अहिले सजायकाे उदेश्य पनि परिवर्तन भएकाे छ । अहिले सजाय एक यातनाकाे रूपमा हेरिन्छ । यता विद्यार्थीमा पनि गुरू प्रतिकाे सम्मानमा अाकाश जमिनकाे फरक अाएकाे छ । गुरूलार्इ मनै देखि अादर कमैले गर्छन् । नैतिक ज्ञानकाे खरेडी परेकाे छ ।

प्राचिण कालमा हिन्दु परम्परामा मात्र हाेइन, चाहे  बौद्ध धर्मगुरुहरु वा जैन तिर्थङ्कर, इसाई पोप, इस्लामी पण्डित हाेस गुरूकाे सँधै सम्माननिय स्थान रहिअाएकाे छ । गुरूलार्इ ब्रम्हा  विश्णु र महेश्वरसँग दाँज्ने हाम्राे परम्परा कहाँ बिलीन भयाे त ? त्याे गुरू र चेलाकाे सुमधुर सम्बन्ध अाज कसरी तिक्तता अायाे त ? समस्या कहाँ रह्याे त ? कमजाेरी कता भयाे  त?

समस्या लार्इ खाेतल्दै जाँदा हामी  ब्रिटिस सम्राज्यबाद बिस्तारताका काे समय पुग्नु पर्छ । अंग्रेज सम्राज्यबाद बिस्तार गर्ने समयमा अंग्रेजहरूले भूगाेललार्इ मात्र जित्ने लक्ष बनाएनन् । उनिहरू यसमा विश्वस्त थिए कि भूगाेल कब्जा गर्दैमा देश कब्जा गर्न सकिदैन । संकार ससंस्कृति, भाषा र शिक्षा पद्धतिमा कब्जा गर्न सके मात्र अाफ्नाे सम्राज्य टिकिरहन्छ भन्ने कुरामा विश्वास राख्थे । याे कुरा भारतमा सन १८३५ मा भारतका त्यतिबेलाका ब्रिटिस इन्डियाका गभर्नर लर्ड विलियम वेन्टिङ्कद्वारा ‘अंग्रेजी शिक्षा एेन’ लागु गर्न गरेका छलफलकाे निश्कर्षबाटै सिद्ध हुन्छ । ब्रिटिसहरू अाफ्नाे शिक्षा पद्धति पूरातन संस्कृत शिक्षा भन्दा महान र सभ्य पुष्टि गर्न चाहान्थे ।  अतः अाफ्नाे साम्राज्यलार्इ टिकाइराख्न पूर्विय शिक्षा पद्धतिमा प्रहार हुनथाल्याे । पाैराणिक कालदेखि चल्दै अाएकाे हाम्राे शिक्षा ब्यबस्थालार्इ भत्काउँदै पश्चिमा शैलीकाे शिक्षा सुरू भयाे । अंग्रेजी भाषा र उनिहरूकाे पठन शैली नअपनाउने व्यक्तिलार्इ गवाँरकाे संज्ञा दिइयाे । समस्या त्यहि बाट सुरू भयाे ।

बिस्तारै भारतकाे याे राेग नेपाली जहाँनीया राणा सासनकाे माध्ययमबाट नेपालमा पनि सर्याे । र त्यसताका जरा गारेकाे नाैलाे शिक्षा पद्धत्ति यथावत छ । अझ झाँगिदैछ ।

पश्चिमा शिक्षा पद्धति नै उत्कृष्ट भन्ने कुरा हामिले स्विकार गरिसकेकाे परिस्थितिमा हामिले अाफ्नाे धरातल बिर्सियाैँ । हामि र हाम्रा शिक्षाविदहरूलार्इ याे थाहा हुनु पर्छ कि शिक्षा पद्धति देश, परिस्थिति, माटाे, हावा पानी, संस्कार संस्कृतिकाे अाधारमा तय हुनु पर्छ । पश्चिमा शिक्षा पद्धतिकाे केहि राम्रा कुरालार्इ मात्र लिएर अाफ्नाे माैलिकपनलार्इ मेट्नु हुन्न । तर हाम्राे शिक्षा हुबहु नक्कल गरिएकाे छ । त्यसकाे फलस्वरूप शिक्षामा बिकार अाएकाे छ । नैतिक ज्ञान ठप्प छ । शिक्षाकले अध्यापनलार्इ पेशाकाे रूपमा मात्र लिएकाे छ भने विद्यार्थीले त्यस्ता शिक्षकप्रति अादर गर्न छाडिसकेका छन्, अझ अनादर समेत हुन थालेकाे छ । कतै कतै त अप्रिय घटना समेत सुनिन थालिएकाे छ । यस्तै रहिरहने हाे भने मिडियामा अझै कुसमचार नछापिएला भन्न सकिन्न ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *