‘लोडसेडिङका कारण नेपालले एक दशकमा कति गुमायो ?

जेठ ३१, ‘लोडसेडिङका कारण नेपालले एक दशकमा कति गुमायो ?’ नामक रिपोर्टमा लोडसेडिङकै कारण बाहृय तथा आन्तरिक लगानीमा  असर परेको उल्लेख छ ।

पछिल्लो ९ वर्षमा लोडसेडिङका कारण देशले ११ खर्ब रुपैयाँ बराबरको नोक्शानी भोेग्नुपरेको पाइएको छ ।

विश्व बैंकको पछिल्लो रिपोर्टका अनुसार लोडसेडिङकै कारण नेपालले सन् २००८ देखि १६ सम्ममा ११ खर्ब रुपैयाँ गुमाउनुपर्‍यो । देशले ९ वर्षमा गुमाएको ११ खर्ब बराबरको रकम २००८ को कुल ग्रार्हस्थ उत्पादन बराबरको रकम हो ।

विद्युत प्राधिकरणमा कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि लोडसेडिङ हटाउने अभियान सुरु भयो र जेठयता देश लोडसेडिङमुक्त भएको छ ।

विश्व बैंकका अनुसार २००८ देखि २०१६ सम्ममा लोडसेडिङकै कारण आर्थिक बृद्धिमा समेत असर परेको छ । ‘यो बीचमा लोडसेडिङमा नभएको भए बाषिर्क थप ७ प्रतिशतको आर्थिक वृद्धि हुन्थ्यो’ विश्व बैंकको रिपोर्टमा उल्लेख छ ।

रिपोर्टकाअनुसार बिगतका ९ वर्षमा यदि लोडसेडिङ हुँदैनथ्यो भने लगानी वाषिर्क रुपमा ४८ प्रतिशतले वृद्धि हुन्थ्यो ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *