मुलुकको पर्यटन प्रवद्र्धनका लागि अस्ट्रेलियामा नेपाल फेस्टिवल हुने

बिशाल बराल,
 सिड्नी, अस्ट्रेलिया

मुलुकको पर्यटन प्रवद्र्धनका लागि अस्ट्रेलियामा नेपाल फेस्टिवल हुने भएको छ ,अस्ट्रेलियाको सिड्नीमा २ बर्ष पछि पुन नेपाल फेस्टिवल आयोजना हुने भएको छ । गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय संयोजन परिषद अस्ट्रेलिया (एन आर एन अस्ट्रेलिया) नेपाल महोत्सब गर्ने भएको हो ।


आउदो नोभेम्बर २४ तारिक डर्लिङ हार्बरमा आयोजना हुन लागेको नेपाल महोत्सबमा यो बर्ष करिब ५० हजारको सहभागिता हुने अपेक्षा गरिएको एन आर एन अस्ट्रेलियाका प्रबक्ता डिला खरेलले जानकारी गराउनु भएको छ ।
फेस्टिवललाइ multi Dynamic नामक संस्थाले मुख्य प्रायोजन गरेको छ । नेपालको संस्कृति जगेर्नाको निमित नेपालको बहुभाषिक संस्कृतिलाइ बिस्व माझ चिनाउन आफु हर हमेसा लाग्ने multi Dynamic का विजय पलले नेपाल रिपोर्टसलाइ जानकारी गराउनु भयो ।
महोत्सबमा नेपालका चर्चित कलाकारहरु लगायतका स्थानिय कलाकारको पनि बेजोड प्रस्तुति रहने छ ।
कलाकारको प्रस्तुतिको साथमा बिभिन्न नेपाली खानाका स्टल तथा संस्कृतिक कार्यक्रम समेत आयोजना हुने आयोजकले नेपाल रेपोर्ट्सलाइ जानकारी दिएका छन् ।

अगस्ट १४ का दिन भएको Information session and sponshorship commitment कार्यक्रममा नेपाल फेस्टिवललाइ भब्य तथा सभ्य बनाउने र नेपाल र नेपाली संस्कृतिलाइ बिस्व माझ चिनाउन यस्ता कार्यक्रमहरुलाई सदैब प्राथमिकतामा राख्ने गैर आवाशीय नेपाली संघ (NRNA) ले बतायो। कलाकारको भने छिटै टुंगो लाग्ने आयोजक बताउनु भयो। कार्यक्रममा नन्दु गुरुङ, देब तमु, मन केसी, लगायतको उपस्तिती रहेको थियो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *