बलात्कारकाे चिरफार

जमिन रार्इ , २६ भदाै

अाज पनि पत्रिका पढ्नुभयाे हाेला, न्युज स्क्राेल गर्नुभयाे हाेला, देश दुनियाकाे खबर सुन्न र दैनिक दिमागी खुराक खाेज्न तपाइका अाँखा र कान अातुर थिए हाेलान् । अनि अाज पनि पक्कै कतै सामाजिक संजालकाे वालमा वा पत्रिकाका पानामा बलात्कारकाे समचार हेर्नु भयाे हाेला । पछिल्लाे समयमा बलात्कारका हेडलाइनहरू छ्याप छ्याप्ती छरपस्टिएका छन् । तपार्इलार्इ वाक्क लागिसकेकाे हाेला पत्रिकाकाे कुनामा वा फ्रन्ट पेजमै यस्ता समचार देखेर । पत्रकारिताकाे काम समाजमा भएका घटनालार्इ उदाङ्गाे गर्नु हाे । पत्रिकाले अाफ्नाे दायित्व निर्वाह गरेकाे छ । तर हरेक दिन जस्ताे बलात्कारकाे समाचार छापिँदा पत्रिकाका पानाहरू पनि सरमले मुख छाेप्ने स्थिति बनेकाे छ ।

मानब मुल्य र मानवताकाे परिचय हराउँदै गरेकाे स्थितिमा हामी फेरी जंगली बन्दै त छैनाैँ ? प्रविधि र सूचनाले दुनिया कहाँ पुगेकाे छ ? तर दिनहुँ जस्ताेकाे यस्ता समचारले हाम्रा सबै उपलब्धिलार्इ लाज र घिनले छाेपिदिएकाे छ ।

याे लेख घटनाहरूकाे जानकारी हाेइन, घटनाकाे चिरफार हाे, बलात्कारकाे चिरफार हाे । याे लेखकाे उदेश्य यसकाे अन्त सम्म पुग्दा बलात्कार जस्ताे जघन्य र अमानविय घटनाकाे समाधानरूपी ठाेस् निष्कर्ष निकाल्नु हाे । लेखले उदेश्य पुरा गर्याे गरेन पाठककाे हातमा छाेडिएकाे छ ।

के हाे बलात्कार ?
बलात्कारकाे ठेट अर्थ बल पूर्वक गरिने कुनै पनि काम हाे । उच्चारणमा अप्रभंस भएजस्तै अर्थ पनि अप्रभंस भएकाे उदाहरण हाे बलात्कार । अर्थ अप्रभंस हुँदै बलत्कार भनेकाे बलपूर्वक कसैलार्इ याैनजन्य काम गराउन बाध्य तुल्याउनु भएकाे हाे ।

यसलार्इ पनि सुक्ष्म रूपले हेर्ने हाे भने बलात्कार एक राेग हाे । मनाेराेग । कुनै पनि जघन्य अपराध गर्न कि त उच्च मनाेबल हुन पर्छ या मानसिक रूपले राेगी । एक सामान्य व्यक्ति वा मनस्थिति भएकाे व्यक्तिले जघन्य अपराध गर्न सक्दैन ।

बलत्कारी र बलत्कृत यहि समाजका पात्रहरू  हुन् । त्यसैले हामीले अाँखा बन्द गर्नु हुन्न, कान बन्द गर्नु हुन्न, अावाज बन्द गर्नु हुन्न अनि दिमाग बन्द त पटक्कै गर्नु हुन्न । हरेक नेपाली बलात्कार बिरूद्ध बाेल्नु पर्छ र साेँच्नु जरूरी छ यस बिषयमा । ताकी टाढाकाे कुरा भाेली अाफैले भाेग्न नपराेस् । साेँच्न जरूरी छ कारण के भनेर अनि खाेज्न जरूरी छ यसकाे सामाधान । बनाउँन जरूरी छ स्वच्छ समाज । सभ्य समाजकाे भविष्य हाम्राे वर्तमानकाे साेँच र सत्कर्मबाट मात्र सम्भव छ ।

केहि घटनाहरू

पाँच महिना अघि मात्र सप्तरी जिल्लामा १३ वर्षीया बालिका पार्वतीकुमारी मण्डललाई बलात्कारपछि हत्या गरिएकाे थियाे ।

छानबिनकाे क्रममा एसपी मुकेशकुमार सिंहले भनेका थिए ‘सुरक्षा व्यवस्था कडा पारेर मात्रै बलात्कार नियन्त्रण गर्न कठिन छ,’ । यसबाट के प्रस्ट हुन्छ भने प्रहरी प्रशासन हरेक बलात्कार नियन्त्रण गर्न असमर्थ छ । प्रहरीले अाफ्नाे शीप, प्रविधि र जनसक्तिले भ्याइन्जेल अपराध राेक्न प्रयास गरेपनि  सबै ठाउँमा हरपल प्रहरी तैनात हुन नसक्ने कुरा सबैलार्इ थाहा नै भएकाे कुरा हाे । एसपी  सिंहकाे कुरा त्यसरूपले सहि हाे । बलात्कार जस्ता अपराधलार्इ न्युनिकरण गर्न वा राेक्नका लागि जनस्तरमै यस विषयमा जागरण ल्याउन नसके यसले अझै भयावह रुप लिने कुरा पनि एसपी मुकेशकुमार सिंहले राखेका थिए ।

महोत्तरीको औरही नगरपालिका १ मा ८ महिने बालिका अपहरण हत्या भयाे, बलात्कारकाे पनि अासंका गरिएकाे छ । यस्तै, छिन्नमस्ता गाउँपालिकामा दुई वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा छिमेकी १२ वर्षीय बालक पनि प्रहरी नियन्त्रणमा छन् । यसरी ८ महिने दुधे बालिका देखि ८० बर्षिया बृद्धा सम्म बलात्कारमा परेकाे डरलाग्दा सूचीहरू छन् । समयमै राेकथाम नगरे याे राेगकाे सूची बढ्दै जाने पक्का छ ।

काे र किन हुन्छन बलात्कृत ?

बलात्कार जस्ताे जघन्य अपराध गर्नुकाे पाछाडीकाे कारण एकै हुँदैन । काम वासना प्रमुख रहे पनि, प्रतिशाेध, अज्ञानताकाे कमी, मानसिक स्थित या अन्य पनि हुन सक्छ । महिला मात्र बलात्कारमा पर्ने कुरा सत्य हाेइन । पुरूष पनि बलात्कारकाे सिकार हुन्छन् । तर समाजका निर्दाे, असाहाय, दुर्वलहरू नै बढी उत्पिडनमा परेका छन् । याैन उत्पिडनकाे पक्षमा पनि त्यहि कुरा लागु हुन्छ । त्यसै कारण हुन सक्छ  प्रतिकार गर्न नसक्ने महिला र न्यून अार्थिक स्थिति भएकाहरू याैन उत्पिडनमा परेका र बलात्कृत भएका धेरै घटनाहरू सुनिएकाे । याैन उत्पिडन कसैलार्इ जिस्क्याउने, अाखाँ झिम्क्याउने जस्ता गतिविधी मात्र साेँच्छाैँ हामि । तर कसैलार्इ गलत तरिकाले हेर्नु वा कसैकाे बारेमा गलत तरिकाले साेँच्नु पनि याैन उत्पिडन हाे, एककिसिमकाे बलात्कार नै हाे जसलार्इ  मानसिक बलात्कार भन्न पनि सकिन्छ ।  याैन उत्पिडन नै बलात्कारकाे बीज भएकाे कारण नै  सुधार यहिँबाट सुरू हुनु पर्छ ।


काे काे कहाँ कहाँ चुके त ?

शिक्षा प्रणाली
एक कक्षा बाट प्रसंग जाेडाैँ एक शिक्षकलार्इ विद्यार्थीले प्रश्न गर्छ “गुरू बलात्कार भनेकाे के हाे ? के बाबाले अामालार्इ गरेकाे पनि बलात्कार हाे?” यस्ताे प्रश्न सुनेर सिक्षकले विद्यार्थीलार्इ तथानाम गाली गर्छन् । उसकाे अनुसासनमा प्रश्न गर्छन् ।हदै लचिलाे भए पनि “याे प्रश्न पाठसंग मेल खाएन । किताबकाे कुरा मात्र साेध्ने” भनेर टार्छन् । विद्यार्थीकाे मनमा काैतुहल जाग्नु स्वाभाविक हाे, प्रश्नकाे उचित जवाफ दिइनु पर्थ्याे, दिइएन । याे एक उदाहरण मात्र हाे हाम्राे शिक्षा स्थितिकाे । विद्यालय नै त्याे ठाँउ हाे जहाँ  याैन शिक्षा वा वयस्क शिक्षा सिकाउन पर्छ । विद्यालयले नै भाेलीका असल र सभ्य व्यक्ति जन्माउने थलाे हुन पर्ने हाे । तर त्याे हुन सकिरहेकाे छैन । त्यहा हामि चुकिरहेका छाैँ ।

राज्य, प्रहरी प्रशासन

सुसासन कायम गर्ने राज्य, प्रहरी प्रशासनले हाेइन, सुसान त व्यक्तिले कायम गर्ने हाे । व्यक्ति नै समाजकाे तन्त्र हाे । राज्यले त मात्र प्रणाली निर्माण गर्ने हाे । हाम्रा कानुन नीति नियम उत्कृष्ट छन् , प्रणालीमा खाेट लगाउने ठाँउ छैन । त्यहि प्रणालीलार्इ संचलन र व्यवस्थापन गर्ने काम मात्र हाे राज्य, प्रहरी प्रशासनकाे । व्यवस्थित रूपले सुसान कायम भए नभएकाे हेर्ने, सचेत गराउने, गल्ति गर्नेलार्इ सजाय दिने काम राज्य, प्रहरी पशासनकाे भए पनि कर्ता त हामी नागरिक हाैँ, व्यक्ति हाैँ ।
प्रहरी र सासन गर्ने पनि एक व्यक्ति नै हाे । याे अर्थमा लिने हाे भने  राज्य वा प्रहरी प्रशासन पनि चुकेकाे छ की ? याे चाँहि अनुसन्धानकाे अर्काे विषय हुन्छ ।

समाज
समाजिक संरचनाकाे पनि दोष छ । जब एक छाेरी बलात्कृत हुन्छिन् परिवारले साेँच्ने याे पनि हाे कि अब छाेरीलार्इ कसले बिहे गर्छ …. समाजमा के मुख देखाउने ….. । कुनै घटनामा त यस्ता घटनालार्इ पिडक र पिडित मिलेर ढाकछाेप पनि गरिएकाे छ । यस्ताे हुँदा पिडककाे मनाेबल बढ्छ र घटना घटिनै रहन्छ ।

मिडिया 
बलात्कारका समचार धेरै छापिएका छन् । याैन शिक्षाका समचार कति छापिएकाे छ त ? यस्काे उत्तरबाट थाहा हुन्छ कि मिडिया कहाँ चुक्याे । इन्टरनेटकाे प्रयाेग सँगसँगै ज्ञानका अथाह श्राेत अाए पनि मानिसले त्यसलार्इ सहि सदुपयाेग गरेनन् । उदाहरणकाे लागि युट्युब लार्इ नै लिअाैँ । युट्युबमा भाइरल हुने वा ट्रेन्डिङका भिडियाे हेर्दा कि त उत्सृङ्खल हुन्छन् कि मनाेसञ्जनात्मक मात्र । ज्ञानमूलक भिडियाे कतै देखिन्न । मिडिया र सामाजिक सन्जाललार्इ शिक्षाकाे बलियाे माध्ययम बनाउन सकिन्थ्याे । तर हामि त्यहाँ चुक्याैँ

परिवार

घर परिवार प्रथम विद्यालय हाे । परिवारले छाेराछाेरीलार्इ मानविय शिक्षा, नैतिक मुल्य र मान्यताकाे पाठ सिकाउनु पर्छ । नराम्रा कुराकाे प्रतिकार गरिहाल्ने शिक्षा हाम्राे समाजमा प्रचलनमा छैन, त्याे पनि परिवारले नै सिकाउन पर्छ । अाफ्नाे छाेराछाेरीलार्इ पाठ कम पैसा र गाली धेरै दिनाले पनि उनिहरू कुकाम गर्न थाल्छन् भन्ने कुरा हेक्का राख्नु पर्छ । कति परिवारले यि सबै कुराहरू व्यवहारमा उतार्छन् कतिले उतार्दैनन् । अाफै साेँच्नुहाेला तपार्इ र तपार्इकाे परिवार त यहाँ चुकिरहेका छैनन् ?


सामाधान
विषय बस्तुकाे उठान गरेपछि निष्कर्ष वा सामाधान पनि पस्किनु पर्छ । समाधानकाे संकेत माथि पनि अार्इ सकेकाे छ । त्यसैले सामाधान बुँदागत रूपमा पस्किन्छु ।

  • याैन उत्पिडनमा पर्नु साथै उजुरी गर्नु पर्छ  पिडित र पिडक बिच अाफै मिलाउने कामलार्इ प्राेत्साेहान दिनुहुन्न
  • यौन शिक्षालाई परिवार र विद्यालयले खुलेर सिकाइनुपर्छ
  • कसैले  मानसिक बलात्कार गरेमा खुलेर बिराेध गर्नु पर्छ
  • बलात्कारीलाई सजिलै उन्मुक्ति मिल्ने खालका लुप्ती (loophole) वा फितलो एेन कानुनलार्इ परिमार्जन गर्नुपर्छ
  • बालककाे यौन जिज्ञाशालाई सहज रुपमा सहि जानकारी खुलेर दिनुपर्छ
  • केटिहरू अात्मारक्षात्मक ज्ञान सिक्कार्इ अात्मामनाेबल बढाउने बाताबरण बनाउनु पर्छ

समयकाे बदलाब सँगसँगै धेरै प्रकारका अाश्चर्यलाग्दा घटना घट्छन् , समस्या देखा पर्छन् । समस्याबाट भाग्नु सामाधान हाेइन् । यसलार्इ छलफल गरिनु पर्छ । राेकथामकाे विचार विमर्श गरिनु पर्छ । नकरात्मक समचारका विपक्षमा बाेल जवाबी हमलारूपी लेखहरू लेखिनु पर्छ । याे लेखकाे पनि उदेश्य छ । उदेश्य पुरा गर्याे गरेन तपार्इकाे प्रतिकृया बाट जान्न पाऊँ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *