प्रताप दासको स्वरमा बिल्कुलै नया गीत ‘लेखे एउटा गीत मैले’को म्युजिक भिडियो

१७ असार, काठमाडौं ।पहिलो नेपाल आईडलका लोकप्रिय प्रतियोगी तथा दोश्रो रनरअप प्रताप दासको स्वर रहेको बिल्कुलै नया गीत ‘लेखे एउटा गीत मैले’को म्युजिक भिडियो रिलिज भएको छ । आफ्नैैँ कारणले मायामा धोका पाएको भावलाई समेटिको यस गीतमा गीतकार हरि पराजुलीको शब्द रचना रहेको छ भने संगीत सरोज पोख्रेलको रहेको छ ।ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको यस गीतलाई आमोस तामाङ्ले एरेन्ज गरेका हुन्।

म्युजिक भिडियोमा भने हालका चर्चित तथा ब्यस्त मोडल कमल सिंह र श्रेया कार्किको जीवन्त अभिनयले सझिएकोले यस गीतलाई थप स्वास भर्ने काम भएको छ। भिडियोलाई बुद्ध थापा र टिमले छायांकन गरेको छ भने बिगत लामो समय देखि म्युजिक भिडियो निर्देशनमा अब्बल निर्देशक केदार धितालले गीतको भावलाई समेटी निकै कलात्मक ढंगले भिडियो निर्देशन गरेका छ्न । यस भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन । भिडियो के क्रियसनको ब्यानरले निर्माण गरेका हुन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *