पाँच विद्यार्थीलार्इ चार शिक्षक

मेलम्ची, २४ भदौ | विद्यालयमा नियमित विद्यार्थी ५ जना मात्र छन् । तर पनि सिन्धुपाल्चाेककाे मेलम्ची नगरपालिका – ११ सालबिसौनामा भैरवीदेवी अाधारभूत विद्यालयमा कक्षा संचालन भइरहेकाे छ । न्यून विद्यार्थी संख्या भएकै कारण विद्यालय बन्द हुने अबस्थामा पुगिसकाेकाे छ । २०७२ सालकाे भूकम्प पछि  विद्यालयकाे भवन भत्किएकाे छ । भत्किएकाे भवन भएकै कारणले राम्राेसँग पठनपाठन हुन सकेकाे छैन।

स्थानीय प्रेमबहादुर तामाङको दुई कोठे घर भाडामा लिएर अस्थायीरुपमा पढाइ सञ्चालन गर्न लागे पनि विद्यालय व्यवस्थापन समिति, स्थानीयवासी र शिक्षकको बेवास्ताका कारण विद्यालय बन्द हुने अवस्थामा पुगेको बताइएको छ । शिक्षक तथा विद्यार्थी विद्यालयमा आए नआएको दैनिक हाजिरी अभिलेख पनि छैन ।

मेलम्ची नगरभित्रका अरू सात विद्यालयकाे अवस्था पनि उस्तै छ । विद्यालयकाे व्यवस्थापन समिति ले नै व्यवस्था गरेकाे कारण विद्यालय याे अवस्थामा पुगेकाे बताउँछन् विद्यालयका प्रधानाध्यापक कमला जाेशी । व्यवस्थापन समितिका अध्यक्ष दिनेश घलेले भने आफूहरु विद्यार्थी सङ्ख्या बढाउन लागिरहेको तथा बैठक बसेर यसबारेमा निर्णय लिइने बताए । शिक्षा विकास तथा समन्वय एकाइबाट भवन निर्माण गर्न बजेट आइसकेकाे छ तर भवन निर्माणकाे कहिले देखि भन्ने चाँहि अत्ताेपत्ताे छैन ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *