नेकपाले कार्यकर्तालाई झन्डा मात्रै बोकाउने काम दिन्छ कि अरु पनि ?

जेठ ३०, नयाँ बहस सुरु भएको छ । हुन पनि लामो समयसम्म त्यस्तो भयो जहाँ पार्टीका कार्यकर्ता हातमा झण्डा बोकेर सडकमा जिन्दावाद र मुर्दावादका नारा घन्काउँदै हिँड्थे । ती कार्यकर्ता एक अर्का पार्टीलाई गाजिगलौैजमा उत्रिन्थे । सडकमै कार्यकर्ताको ‘विजनेस’ थियो । सत्तामा हुँदा काम नगर्ने र विपक्षी हुँदा सडकमा आउने धेरैजसो दलको चरित्र छ ।

राजनीतिक आन्दोलन होस् वा सिङ्गो पार्टी परिचालनमा कार्यकर्ताको नै महत्वपूर्ण भूमिका हुन्थ्यो । राजनीतिक परिवर्तनसँगै देशको मुद्दा बदलियो तर कार्यकर्ता अझै बदलिएका छैनन् । कुनै पनि पार्टीले देशको विकासका लागि कार्यकर्ता परिचालनको योजना ल्याएका छैनन् ।

नयाँ संविधानअनुसार तीन तहकै चुनाव सकिएका छन् । हजारौँ राजनीतिक नेता–कार्यकर्ताले जनप्रतिनिधिको भूमिका पाएका छन् । राजनीतिक स्थिरतातर्फ देश अगाडि बढेको छ । विपक्षी काङ्ग्रेस सडकमा छ, नेकपा सत्तामा ।

तत्कालीन एमाले र माओवादी मिलेर एकीकृत पार्टी बनेको छ । यस्तोमा उसँग सबैभन्दा धेरै जनमत मात्र होइन, नेता–कार्यकर्ता पनि छन् । यस्तोमा अब प्रश्न उठ्छ, नेकपाले आफ्ना कार्यकर्तालाई झन्डा मात्रै बोकाउने ‘विजनेस’ दिन्छ कि उसले भनेको समृद्धिका लागि केही काममा लगाउँछ ? नेकपकाले अहिले समृद्धिको नारा बेचिरहेको छ ।

विगतमा यी पार्टीका कार्यकर्ता पार्टी काममै हुन्थे । चन्दा उठाएर जीवन चलाउँथे । पार्टीले नेतृत्व गरेका विभिन्न आन्दोलनमा वा चुनावी कार्यक्रममा कार्यकर्ता खटेका हुन्थे ।

जनयुद्धबाट आएको तत्कालीन माओवादीको ठूलो सङ्ख्यामा कार्यकर्ता पार्टीमा पूर्णकालीन छन् । घरवारै छाडेर नेताका पछाडि हिँड्नेको जमात पनि कम छैन ।

विद्यार्थीमा क्रियाशील भएको दुईथरी जनशक्ति छ । एउटा राजनीतिक नेतृत्वबाट रूपबाट आएको जनशक्ति छ । अर्को शैक्षिक नेतृत्वबाट आएको जनशक्ति छ । तर शैक्षिक नेतृत्वबाट आएको जनशक्तिलाई व्यवस्थापन गर्न गाह्रो छैन । उनीहरू शिक्षित छन् । उनीहरूमा दक्षता, क्षमता र योग्यता छ । त्यसैले उनीहरूलाई जता पनि व्यवस्थापन गर्न सकिन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *