नायिका सुष्मिता केसीले अष्ट्रेलियन नागरिकसँग गरे इङ्गेजमेन्ट

काठमाडौं, भुवन केसीसँगको सम्वन्ध तोडिएपछि एकल जीवन बिताइरहेकी सुष्मिता केसीले हालै आफ्नो इस्न्टाग्राममा एक युवकलाई ओठमा चुम्बन गरिरहेको फोटो पोष्ट गरिन् । उनले यी व्यक्ति आफ्नो श्रीमान भएको बताएकी छन् । उनले क्याप्सनमा लेखेकी छन्, ‘विस लिस्ट’ भन्ने शब्द अब मेरो डिक्सनरीमा रहेन । किनकी तिमीजस्तो गज्जबको श्रीमान दिएर जीवनले मेरो सबै इच्छा पूरा गरिदिएको छ ।’ सुस्मिताले सेप्टेम्बर ९ मा सिंगापुरमा फिजीमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामिसँग इन्गेजमेन्ट गरेकी हुन् ।

पारिवारिक सहमतीमै आफूले इन्गेजमेन्ट गरेको सुस्मिताले बताएकी छिन् । नायक अनमोल केसीकै सहमतीमा यो इन्गेजमेन्ट गरिएको वुझिएको छ । सन् २०१९ को भ्यालेन्टाइनको दिनमा उनले फिजीमा नै बिहे गर्नेछिन् । किलन ग्यासका धनाढ्य व्यापारी हुन् । आपसी असमझदारीका कारण सुष्मिता भुवनसँग केही वर्षअगाडि अलग्गिएकी थिइन् । त्यसयता उनी डेरा लिएर एक्लै बस्दै आएकी थिइन् । भुवन र सुष्मिताका छोरा अनमोल भने बाबुसँग बस्ने गर्छन् ।

सुष्मितासँग छुट्टएिपछि भुवन नायिका जिया केसीसँग लिभिङ टुगेदरमा छन् । श्रीमान-श्रीमतीकै रुपमा बसिरहे पनि बिहेको विषयमा भने दुवै मौन रहेकाे अनलाईनखबरले जनाएकाे छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *