दूतावासको कार्यालय सानो भएपछि नियम मिच्दै करिब ८० करोडमा राजदूतको निवास

जेठ ३१, अमेरिकास्थित नेपाली दूतावासले सार्वजनिक खरिद कार्यविधि नियम मिच्दै करिब ८० करोडमा राजदूतको निवास किन्ने तयारी गरेको छ।

बि.सं.२०७३ को नियमावली प्रावधानलाई मिच्दै करिब ८० करोडमा भवन किन्ने प्रकृया अन्तिम चरणमा पुगेपछि अहिले परराष्ट्र मन्त्रालय र अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कुमार कार्कीबीच सामान्य संवाद समेत हुन छाडेको छ।

‘भवन किन्ने प्रकृया अन्तिम चरणमा पुगेको हो। तर, यो हाम्रो इच्छाले किन्न लागिएको होइन। परराष्ट्र मन्त्रालयले किन्न ताकेता गरेपछि यही आर्थिक वर्षभित्र निवास किन्ने निर्णय गरिएको हो। सार्वजानिक खरिद कार्यविधि नियम अनुसार नै निवास खरिद गर्ने प्रकृया अन्तिम चरणमा पुगेको छ’, दूतावासका प्रवक्ता जीवन श्रेष्ठले बताए।

परराष्ट्र मन्त्रालयले गएको वर्षमात्र लगभग ४ करोड रुपैया खर्च गरेर राजदूतको निवास मर्मत गराएको थियो। चार करोड खर्च गरेर निवास मर्मत गरिएको एक वर्षभित्र करिब ८० करोडमा नयाँ निवास किन्नुको औचत्य पुष्टि गर्न भन्दै परराष्ट्र मन्त्रालयले वैशाख १२ मा दूतावासलाई पत्राचार गरेपछि मन्त्रालय र दूतावासबीचको दूरी झन बढेको हो।

दूतावासले कर्मचारीहरुका लागि आवास भवन किन्न छाडेर राजदूत निवास किन्ने कुरामा बढी चासो देखाउँन थालेपछि परराष्ट्र मन्त्रालयले ‘अहिलेको भवनको बिशेषता, नयाँ किन्न लागिएको भवनको उपयोगिता, नयाँ किन्ने भनिएको भवनको मासिक खर्च, राजदूतावास किन्नुको सट्टा निवास किन्नुको कारण र कार्यालय भन्दा निवास किन्नुमा बढी प्राथमिकता दिनुको कारण को’ जवाफ माग्दै दूतावासलाइ वैशाख १२ मै पत्र पठाएको थियो।

अहिले रहेको दूतावासको कार्यालय सानो छ। सरकार ब्राजिल र क्यानाडाको दूतावास बन्द गर्ने तयारीमा छ। त्यसको कार्यबोझ अमेरिकास्थित नेपाली दूतावासलाई नै पर्ने हुँदा यताबाट दूतावासको कार्यालय किन्न बल गरिएको हो। दूतावासका केही साथीहरुले पनि यसैमा बल गरिरहनु भएको छ’, परराष्ट्र स्रोतले भन्यो।

picture source: Jilo

Leave a Comment

Your email address will not be published. Required fields are marked *