डकौती गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ

असार १ , प्रहरीले पेस्तोल देखाएर हात खुट्टा बाँधी डकौती गर्ने कार्यमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा–३ घर भएका २९ वर्षीय टोकल भनिने रोहितबहादुर थापा र सिन्धुपाल्चोकको मेलम्ची–१ का ४२ वर्षीय अदिप भनिने विनोद उर्फ टोकलबहादुर तामाङ छन् ।

उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले ललितपुरको भैंसेपाटी र जवालाखेलबाट पक्राउ परेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरलाई बताए ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *