जन्मघर पुगेर फर्किएपछि डा. उपेन्द्र देवकोटा बोल्न नसक्ने भए

जेठ ३०, शनिबार गोरखास्थित जन्मघर पुगेर फर्किएपछि वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा बोल्न नसक्ने भएका छन् । क्यान्सर पीडित डा. देबकोटाको बाँसबारीको न्यूरो अस्पतालमा उपचार भइरहेको छ । शनिबार राति सामाजिक सञ्जाल प्रयोगकर्ताले मृत्युको खबर फैलाएपछि अस्पतालले अनावश्यक विषयका पछि नलाग्न र अस्पतालको आधिकारीक जानकारी लिन आग्रह गर्दै विज्ञप्ति प्रकाशित गरेको थियो ।

सोही दिन डा. देवकोटालाई उनको इच्छाअनुसार गोरखा पुर्याइउको थियो । बेलायतमा लामो उपचार गरेर फर्किएपछि देवकोटा आफैले स्थापना गरेको अस्पतालमा उपचाररत छन् । वैशाख १९ गतेमात्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा उनले आफू मृत्युशैयामा छटपटाइरहेको बताएका थिए ।

अहिले भने घाटी सुन्निएका कारण उनी बोल्न नसक्ने अवस्थामा छन् । उनको नजिक पुग्दा मानिस चिन्न सके पनि उनले बोलेर भने प्रतिक्रिया दिन नसक्ने अस्पताल स्रोतको दाबी छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *