छाेरीलार्इ याे समाजमा जन्मन पाउँने अधिकार छैन

जमिन रार्इ, भदाै, २९

याे शिर्षक देखेर तपार्इ अाश्चर्यमा पर्नुभयाे हाेला अनि गाली गर्नुहाेला । तर याे शिर्षक हाम्राे समाजकाे तीताे यथार्त हाे, भाेग्दै र देख्दै अाएकाे यथार्त हाे । भन्नलार्इ त भन्छाैँ, जन्मनु त हामी सबैकाे नैसर्गीक अधिकार हाे ।  छोरा र छोरी बीचको विभेद हुनुहुँदैन । समान अधिकार पाउँनु पर्छ । के यथार्तमा याे लागु भैरहेकाे छ त ? मनन गर्न जरूरी छ ।

सामाजिक पक्षलार्इ केलाउँदा छाेरीकी अामा बाट सुरू गराैँ । एउटी आमाले छोरी जन्मिदा खुसी हुँदिनन् । अामा स्वंम छाेरीमान्छे भएर पनि अाफ्नाे छाेरी जन्मदा खुसी नहुनकाे कारण भने यहि समाजकाे संरचना हाे । छाेरा जन्मिदा खुसी भएर भाेज खुवाउने र छाेरी जन्मिदा मरिच चाउरिएझैँ चाउरिने हाम्राे समाजकाे स्थितिकाे उपज हाे याे ।

दुर्इ तीन वटा यस्ता गलत साेँच हाम्राे समाजमा हावी भएकाे कारण याे अवस्था अाएकाे हाे । छाेरा जन्मिए मात्र स्वर्गकाे द्वार खुल्ने साेँचार्इ, छाेरा भए मात्र बंस धान्छ भन्ने विश्वास र छाेरी त अर्काकाे घर गइहाल्ने जात न हाे भन्ने विश्वास । यि सामाजिक साेँच कारक तत्व भध्य एक हाे छाेरा छाेरी समान व्यवहार नगरिनुकाे पछाडि । याे क्यान्सर साेँच हाे जाे गहिराेसँग जडा गाडिएकाे छ । साेँचलार्इ नीति निएम र कानुनले तह लगाउनु सकिँदैन । यसलार्इ छुट्टै किसिमले सम्हाल्नु पर्छ । चेतनारूपी अाैषधी नै याे क्यान्सरकाे अचूक अाैषधी हाे ।

बाल अधिकार सम्बन्धी महासन्धि अनुसार बालबालिका भनेकाे १८ बर्ष मुनिका मानब जाति हाे । यस महासन्धिमा छाेरा वा छाेरी जाे भए पनि समान रूपमा अधिकार पाउँनु पर्छ भनिएकाे छ । नेपालले उक्त बालअधिकार महासन्धिमा   १४ सेेप्टेम्बर सन् १९९० तद अनुसार २९ भदाै २०४७  मा  अनुमाेदन गरी हस्ताक्षर गरेकाे थियाे, जुन अाजकै दिन पर्छ । भदाै २९ बालअधिकारकाे दिनकाे रूपमा लिइँदै अाइएकाे छ । यस महासन्धिमा बाल बचावट, बाल विकास, बाल संरक्षण र बाल सहभागिताको अधिकार अटाएकाे छ ।

कानुन र समाजमा बालबालिकाे लागि जेजस्ताे बाचा गरेपनि त्याे पुरा अबस्य भएकाे छैन । समानताकाे अधिकार भ्रृण अबस्था देखिनै खाेसिन्छ । जब परिक्षणबाट छाेरी हाे भनि थाहा पाइन्छ तब छाेरीकाे ज्यान नै लिइन्छ , उनले याे सुन्दर सन्सार नै नदेखि हत्या गरिन्छ । याे स्थितिमा भ्रुण परिक्षणलार्इ वैधानिकता दिनुहुन्न, गैर कानुनी बनाउन पर्छ र सरकार यसमा कडा हुनु पर्छ ।

यद्धपि पहिलेकाे तुलनामा समाज र साेँच धेरै विकसित भइसकेको छ । छोरा र छोरीलाइ समान रूपमा हेरिन थालिएको छ । त्यसैले हरेक बालबालिकाले शारीरिक र मानसिक विकास गर्नका निम्ति आफ्ना मौलिक अधिकार पाउँने अाशा पलाएकाे छ । यसलार्इ सकरात्मक रूपमा लिएर राम्राे कामकाे प्राेत्साेहान दिनु पर्छ । तर हाम्राे परम्पारिक समाजकाे ह्याङ अाेभर त कतै न कतै छ नै । याे विस्तारै चेतनाकाे डाेज बढाउँदै गएमा निर्मुल हुन्छ ।

अब विषय केन्द्रित गराैँ शिर्षक तर्फ । याे समाजमा छाेराछाेरी भेदभाव त पहिल्यै देखि चलिअाएकाे एक क्यान्सररूपी चलन हाे । यसलार्इ चेतनाबाट निर्मुल पार्दै लानु पर्छ । तर अचेलभाेलीकाे सेराेफेराेलार्इ हेर्दा बलत्कारकाे घटना झाँगिदै गएकाे छ । त्यसमा पनि महिलाहरू बढी पीडित छन् । बालबालिकाकाे सन्धर्भमा पनि बालिकाहरू बढि शाेषित छन् र यस्ता घटनकाे पिडित छन् । समाजकाे यस्तै घटनाले गर्दा साँच्चै छाेरी मान्छेलार्इ जन्मन पाउँने अधिकार छैन जस्तै परिस्थितिकाे सृजना भएकाे छ ।

महिलाहरू शारिरीक रूपमा कमजाेर हुन्छन् तर किन याे समाज नैतिक रूपमा कमजाेर हुँदैछ त ? राज्य के हेरिरहेकाे छ त ? उपाएकाे खाेजी कहाँ छ त ?

मेराे नजरकाे उपाय यस्ताे छ । जब एक बालिका वा महिला बाटाेमा हिडिरकी हुन्छिन् र कसैले उसलार्इ जिस्क्याउने काेशिस गर्छ, तब हाम्राे कर्तव्य सुरू हुन्छ । त्यस्ता नैतिक रूपमा कमजाेर भएका मान्छेलार्इ सार्वजनिक रूपमै पब्लिकले दबाउनु पर्छ । यसरी दबाउनु पर्छ कि उसकाे र उसकाे जस्ताे प्रवृत्ती भएकाहरूकाे मनाेबल घटाेस् । तब मात्र उ बलात्कार जस्ताे जघन्य अपराध गर्न तिर बढ्दैन । अावाज उठाउन जरूरी छ । सुरूवात जरूरी छ ।

तब मात्रछाेरी मान्छेलार्इ जन्मन पाउँने अधिकार छैन भन्ने स्थितिमा परिवर्तन हुन्छ र महिला पुरूष समान अधिकारकाे कल्पना गर्न सकिन्छ । तब मात्र बालअधिकार मनाउँनकाे सार्थकता हुन्छ ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *