काठ तस्करीमा डीएसपी सहित तीन प्रहरी जवान निलम्बनमा

असार १, गत जेठ २१ गते राती चैनपुरस्थित अरुण गुल्मको बा१झ १६६९ नम्बरको ट्रकमा करिब सात लाख मुल्य पर्ने एक सय क्यूबिक फिट बढी सखुवाका काठ धनकुटा हुँदै विराटनगरतर्फ तस्करी गरिएको थियो।

सशस्त्र प्रहरी बल अरुण गुल्म संखुवासभा चैनपुरको सवारी साधनमा अवैध काठ तस्करी गरिएको घटनाका मुख्य आरोपित डीएसपी रामप्रसाद भण्डारी र तीन प्रहरी जवान निलम्बनमा परेका छन् ।

घटनाको अनुसन्धानका लागि सशस्त्रको पूर्व क्षेत्रीय बराह बाहिनी पकलीका प्रहरी उपरीक्षक गुणाखर खनालको नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो। तर पुन: सशस्त्रको हेडक्वाटरले डीआइजी सुरजकुमार श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेपछि प्रतिवेदन मुख्यालयमा पठाएको छ।
खनाल नेतृत्वको छानबिन समितिले संगठनको नीति विपरित मर्यादा नाघेर कुनै निकायमा जानकारी समेत नगराई बदनियतपूर्ण कार्य गरेको निष्कर्ष निकालेको जनाइएको छ।

 

काठसहित आफ्नै कार्यालयको सवारी साधन सशस्त्र प्रहरी मुलघाटका इन्चार्ज इन्सपेक्टर दुर्गा भट्टले नियन्त्रणमा लिएका थिए।

नियन्त्रणमा लिएको चार दिनपछि ती काठ जिल्ला वन कार्यालय धनकुटालाई बुझाइएको छ। संखुवासभादेखिका सुरक्षा चेक पोष्ट पार गर्दै धनकुटासम्म पुग्दा तस्करीमा प्रयोग गरिएको सवारी साधन कसरी उम्कियो भन्ने रहस्य भने अझै खुल्न सकेको छैन।

Leave a Comment

Your email address will not be published. Required fields are marked *