ओलीको चिन भ्रमण मोदीको बन्यो चासोको विषय

असार १, प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने औपचारिक भ्रमणका लागि असार ५ गते चीन भ्रमणमा जान लागेका छन् ।

चैत २३–२५ गतेसम्म भारतको भ्रमण गरिसकेका प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लाग्दा सबैको ध्यान चीनतिर केन्द्रित भएको छ ।

खासगरी नेपालले चीनसँग कस्तो सम्झौता गर्ला भन्नेमा सबैभन्दा बढी भारतले चासो लिएको छ ।

केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको बेला २०७२ चैत ७ गते चीनको भ्रमण गरेका थिए । त्यतिबेला भारतले सोचेको भन्द धेरै फरक सम्झौता भएका थिए, जो आफ्नो हितभन्दा फरक थिए भन्ने भारतको बुझाइ थियो । ओलीले पहिलो पटक चीनको भ्रमण गर्दा दुई देशको बीचमा १० बुँदे सम्झौता भएको थियो भने १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरिएको थियो ।

भारतले नाकाबन्दी खोले पनि नेपालसँग सम्बन्ध सुधार गर्ने कुनै छाँटकाँट नदेखाएपछि प्रधानमन्त्री ओली भारतबाट फर्केको एक महिनापछि चीन भ्रमणमा गएका थिए ।

ओलीले चीन जाने भएर नै त्यतिबेला भारत भ्रमणलाई तीन दिनमा सीमिति गरेका थिए ।

भारतले चैत २४ देखि ओलीलाई भ्रमण गराउन चाहेको थियो । तर, नेपालले नै २३ गतेदेखि बनाएको थियो ताकि तीन दिनमा भ्रमण सकेर २६ गते चीन जान सकियोस् । ‘तर, भारतको दबाबका कारण प्रधानमन्त्री ओली बोआओ सम्मेलनमा समेत भाग लिन गएनन् ।’ कतिपयको दाबी छ ।

उनी आफै नगए पनि अरू उच्च तहका प्रतिनिधिलाई सो सम्मेलनमा सहभागी गराउन सक्थे । तर उनले त्यतिसम्म पनि गर्न सकेनन् । जब कि त्यसअघि राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्री स्तरका नेपाली प्रतिनिधिले भाग लिएका थिए ।

प्रधानमन्त्री ओली भारत भ्रमण सकेर फर्केको १८ दिनपछि प्रधानमन्त्री मोदी चीन पुगे । मोदीको त्यो भ्रमण अनौपचारिक थियो ।

अनौपचारिक भए पनि नेपाल भ्रमण गर्नुअघि उनी चीन भ्रमणमा गएका थिए ।

भारतीय प्रधानमन्त्री मोदी चीनबाट फर्केको एक हप्तापछि प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेका हुन् । मोदी जेठ २८ गते चीनबाट फर्केका हुन् ।

प्रधानमन्त्रीकै रूपमा केपी शर्मा आलीले दोस्रो पटक एक वर्ष तीन महिनापछि चीनको भ्रमणमा जाँदैछन् । भारतसँग राम्रो सम्बन्ध नभएको बेला प्रधानमन्त्रीका रूपमा पहिलो चोटि ओली चीन भ्रमणमा गएको बेला गरेको सम्झौतालाई अपडेट गर्नेछ कि पुनः अर्को नयाँ सम्झौता गर्नेछ, त्यो भ्रमण सकिएपछि मात्र थाह हुन्छ ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *