इतिहास रच्ने नेपालको लक्ष्य नेपालकाे, नेपाल माल्दिभ्ससँग भिड्दै

काठमाडौँ ।
साफ च्याम्पियनसिप अन्तर्गत खेलमा पहिलो पटक उपाधी जितेर इतिहास रच्ने दाउमा रहेको नेपाल रहेकाे छ। अाज हुने सेमिफाइनल खेलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ ।

साफमा नेपालले अहिलेसम्म माल्दिभ्सलाई हराउन सकेको छैन। समूहमा भने माल्दिभ्सले तीन टिम मात्र भएको समूहमा  कुनै खेल जित्न सकेन भने कुनै गोल नै नगरी अन्तिम चारमा स्थान बनाएको हो। नेपाल र माल्दिभ्सविच साफ च्याम्पियनसिपमा सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि भएका ६ खेलमा नेपालले जित निकाल्न सकेको छैन।

समूहमा पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४–० र तेस्रो खेलमा आयोजक बंलादेशलाई २–० ले पराजित गरेको थियो । २ जित र १ पराजयसँगै सेमिफाइनल यात्रा तय गर्दा नेपाल समूह विजेता भएको थियो ।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा नेपाली समयअनुसार ३ः४५ बजेबाट शुरु हुने खेलमा नेपाल उच्च मनोवलका साथ मैदान उत्रदैछ । यता माल्दिभ्स भने समूह वि को उपविजेता हुँदै सेमिफाइन आइपुगेको हो ।

अहिलेसम्म सेमिफाइनलबाट उभो जान नसकेको नेपालले आज माल्दिभ्सलाई पराजित गरे इतिहास रच्ने छ । नेपालको लक्ष्य  माल्दिभ्सलाई हराउँदै पहिलो पटक फाइनल पुग्ने रहेको छ। उता सन १९९७ देखि साफ खेल्न सुरु गरेको माल्दिभ्सले यसअघिका सबै संस्करणको सेमिफाइनल खेलेको छ। माल्दिभ्सले सन् २००८ मा उपाधि जितेको थियो।

 

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *