आमिर र रणवीर को मित्रतामा सलमानको टाउको दुखाई

बलिउड अभिनेता सलमान खान र आमिर खानबीच अहिलेसम्म सुमधुर सम्वन्ध छ । तर, उनीहरुबीच चाँडो फाटो आउन सक्ने अनुमान विश्लेषकहरुले गरेका छन् । किनकी उनीहरुको बीचमा आएका छन्, रणवीर कपुर ।
सलमानकी तत्कालिन प्रेमिका कटि्रना कैफलाई रणवीरले खोसेर आफ्नो बनाएदेखि उनीहरुको कोल्ड वार सुरु भएको हो । अहिले त रणवीरले कटि्रनालाई छोडिसके तर पनि सलमानको रिस मरेको छैन ।

 

आमिर यतिबेला रणवीरको प्रशंसक बनेका छन् । फरक खालका फिल्ममा अभिनय गरेका र जस्तो खालको चरित्रमा पनि न्याय गर्न सफल भएको भनेर उनी रणवीरको प्रशंसा गर्दै हिँड्न थालेका छन् । य

रणवीर पनि आमिरका फ्यान हुन् । यो कुरा उनले सार्वजनिकरुपमै बताउने गरेका छन् । यसरी आमिर र रणवीर नजिकिँदै गएपछि सलमानको भने ब्लड प्रेसर बढ्न थालेको बताइन्छ ।

रणवीरले यस विषयमा मुख त खोलेका छैनन्, तर उनी भित्रभित्रै निकै आक्रोशित बनेको बताइन्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *